डा. केसीको समर्थनमा अाज माइतीघरमा प्रदर्शन हुँदै
माइतिघरमा आज मध्यान्ह १२ बजे डा. गोविन्द केसीको समर्थनमा बिशाल प्रदर्शन हुने भएको छ।
माइतिघरमा आज मध्यान्ह १२ बजे डा. गोविन्द केसीको समर्थनमा बिशाल प्रदर्शन हुने भएको छ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ।
सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक र निषेधित क्षेत्र घोषणाविरुद्ध विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मंगलबार संयोजक उज्जवल आचार्यको नेतृत्वमा विवेकशील साझाका नेता कार्यकर्ताले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउने सरकारले गरेको निर्णय कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको मागसहित अनशनरत डा. गोविन्द केसीको पक्षमा सरोकारवाला निकाय उभिएका छन्। उनीहरुले आज माइतीघरमा प्रदर्शन गर्दैछन्। प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई आह्वान समेत गरिएको छ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले प्रदर्शन गरेका छन्। १५ औं पटक अनशनमा बसेका डा. केसीको समर्थनमा शुक्रबार माइतीघर मण्डलामा चिकित्सकहरुले विरामी जाँचेर संकेतिक विरोध जनाए। चिकित्सकहरुले नागरिक स्वतन्त्रता बहाल गर, डाक्टर अपहरण बन्द गर लगायतका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए।
केही बर्ष अघि थापाथली नामले परिचित ठाउँ अहिले माइतीघर भनेर चिनिन्छ । धेरैले यो नाम पुरानो हो भन्छन्।
नेपाल विद्यार्थी संघले पछिल्लो समय माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ। सयौं विद्यार्थी तथा पार्टीका नेता कार्यकर्ता झण्डा, प्लेकार्ड ब्यानर बोकेर सरकारले घोषणा गरेको निषेधित क्षेत्रविरुद्ध प्रदर्शन गर्दै आएका छन्।
अनसनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
माइतीघर मण्डलालाई प्रदर्शन स्थल कायम गर्न माग गर्दै प्रदर्शन गरिरहेको विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सात स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि खुला भनेर तोकेको विषयमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको छ। विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्नु भन्ने गृहमन्त्रालयको निर्देशनअनुसार प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको बैठकमार्फत जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोक्दै माइतीघरलाई भने निषेधित क्षेत्र घोषणा गरेको हो।
सन्तगुरु तथा गौ रक्षक श्री निवासाचार्यमाथि शनिबार राती भएको आक्रमणको विरोधमा सोमबार राजधानीमा प्रदर्शन भएको छ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई थाहै नदिइ डा.गोविन्द केसीलाई पक्राउ गरेकोमा रिसाएका छन् ।डा. केसीलाई अपराधी जस्तो गरि पक्राउ गरेकोमा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री रिसाएका हुन् ।