७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीको समर्थनमा अाज माइतीघरमा प्रदर्शन हुँदै

फाइल फाेटाे

काठमाडौं – माइतिघरमा आज मध्यान्ह १२ बजे डा. गोविन्द केसीको समर्थनमा बिशाल प्रदर्शन हुने भएको छ। डा. केसीको जीवनरक्षा र उनका मागहरुको सम्बोधनका लागि थप दबाव दिन प्रदर्शन गर्न लागिएको हो।

डा. केसीको माग गरिव, विपन्न र दुर्गम क्षेत्रको स्वास्थ्य क्षेत्र सुधारको पक्षमा रहेको भन्दै समर्थकहरुले प्रदर्शनको तयारी गरेका हुन्।

प्रदर्शनमा प्राध्यापक, विश्लेषक, पूर्व प्रधान न्यायाधिश, पूर्व उपकुलपति, नेता, लेखक, कलाकार, विभिन्न पेशाकर्मीदेखि सर्वसाधरण लगाएतको सहभागिता रहने जनाइएको छ। यस्तै प्रदर्शनलार्इ चिकित्सक, नर्स, कानुन व्यवसायी लगायत विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने भएका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसी २२ दिनदेखि आमरण अनसनमा छन्। जुम्लामा अनशन सुरु गरेपनि डा. केसीलाई गत बिहीबार सरकारले जबरजस्ती काठमाडौं ल्याएको थियो। उनको अनशनमा पछिल्लो दिनमा समर्थन बढ्दै गएको छ।

प्रकाशित: ५ श्रावण २०७५ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App