९ मंसिर २०८१ आइतबार
image/svg+xml

'माइतीघर'लाई चार अवार्ड

तीज गीतसँग सम्बन्धित सर्जक र संगीतलाई सम्मान गर्न राजधानीमा आइतबार भएको 'चौथो तीज म्युजिक अवार्ड'मा 'माइतीघर' बोलको गीतले सर्वाधिक चार विधामा अवार्ड जितेको छ। गीतका लागि आशिष म्युजिक सर्वोत्कृष्ट तीज गीत कम्पनी, पूर्णकला बिसी सर्वोत्कृष्ट तीज मौलिक तीज गीत, विनोद बाजुराली सर्वोत्कृष्ट तीज गीत एरेन्जर र विक्रम चौहान सर्वोत्कृष्ट तीज गीत भिडियो नृत्य निर्देशक भए।

महाअभियोग प्रस्तावविरुद्ध ३ बजे माइतीघरमा प्रदर्शन

प्रधान न्यायाधीशल सुशीला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्ने कांग्रेस-माओवादीको कदमविरुद्ध ३ बजे माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरिएको छ।

कहिले हट्ला माइतीघर-थापाथली ट्राफिक जाम?

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो समस्यामध्ये प्रमुख हो सडकमा ट्राफिक जाम। ट्राफिक जामबाट सबैभन्दा बढी सास्ती दैनिक खेप्नुपर्छ विद्यार्थी, कर्मचारी र सर्वसाधारणले। राजधानीको सबैभन्दा बढी जाम हुने सडकखण्डमा पर्छ माइतीघर–थापाथली र त्रिपुरेश्वर–टेकु–थापाथली।

त्रिपुरेश्वर-माइतीघर फ्लाई ओभरमा जापानको सहयोग

नेपालका लागि जापनका राजदूत मासासी ओगावाले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका)मार्फत काठमाडौंको ट्राफिक समस्या समाधान सहयोग गर्ने बताएका छन्। जापान सरकारले त्रिपुरेश्वर देखि माईतीघरसम्म फ्लाई ओभर वि्रज निर्माणलाई प्राथमिकता राखेको बताएका हुन्।

बिग्रन थाल्यो माइतीघर-तीनकुने सडक

राजधानीको माइतीघर–तीनकुने सडक खण्डमा खाल्डै खाल्डा परेका छन्। तीन वर्षअघि मात्र विस्तार गरिएको सडक खण्डमा एक वर्ष पनि नभइ खाल्डा पर्न थालेका थिए। खाल्डामा प्याचिङ गरी मर्मत गरिए पनि वर्षेनी सडक खण्डमा खाल्डा बन्ने क्रम जस्ताको तस्तै छ।

जसले 'माइतीघर' आएर 'कान्छी'सित 'मायाप्रीति' गाँसे

निजीस्तरबाट बनेको नेपालको पहिलो फिल्म 'माइतीघर'का निर्देशक बिएस थापाको मंगलबार भारतको मुम्बईमा ९३ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म १९२३ जुलाई ३ का दिन देहरादुनमा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्