श्रम समझदारी नवीकरण गर्ने कोरियाली प्रस्तावको बेवास्ता
म्याद सकिएको श्रम समझदारी नवीकरणका लागि कोरियाले पटकपटक पत्राचार गरे पनि नेपाली पक्षले त्यसको बेवास्ता गर्दै आएको छ। नेपाल र कोरियाबीच कामदार पठाउने एमओयूको अवधि सन् २०२० को सेप्टेम्बर २० मा सकिएको हो।