१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन्।

प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ ?

सरकारले बिजनेस नदिएपछि संसद्का बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गर्नुपर्ने अवस्था आएका कारण सभामुखले यस विषयमा पनि छलफल गरेको स्रोत बताउँछ। छलफलमा अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी), अध्यादेश स्वीकृतिको र अन्य विधेयक पेश गर्ने विषयलाई सभामुखले कसरी लैजाने भन्ने प्रशंग उठाएको स्रोत बताउँछ।

संसद्लाई गतिशील बनाउने विषयमा छलफल

सरकारले बिजनस नदिएर संसद् बिजनेसबिहीन भइरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटघाट भएको छ। सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटन खोजेपछि प्रधानमन्त्री ओलीले आइतबार समय दिएका थिए।

सभामुख सापकोटाले भेटे प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गर्नेछुः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन्। संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताए।

सरकारले ल्याएका कुरा अड्काउने मनसाय छैन, निष्पक्ष भएर अघि बढ्छु : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई प्रभावकारी रुपमा सञ्चालनका लागि आफू निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्ने बताएका छन्। सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले सरकारका तर्फबाट संसद्मा आएका अध्यादेशलाई आफ्नो अड्काउने मनसाय नरहेको बताए।

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्। शनिबार यहाँ पत्रकारहरुसँग कुराकानीमा उनले संसद् नियमित चल्ने बताए।

सभामुखका वकिलले भने : सरकारले संसदलाई सहयोग गरेन

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका क्रममा सभामुख अग्निप्रसाद सापकोटातर्फका वकिलले सरकारलाई संसद्ले सहयोग गरेन भन्नु तर्कसंगत नभएको बताएका छन्। बिहीबार संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता श्रीकृष्ण सुवेदीले संसद् विघटन गर्दा सभामुखसँग परामर्श गर्ने अन्तर्राष्ट्रिय अभ्यासको पनि पालना नगरिएको बताए। सरकारले संसद्बाट सहयोग नपाएको भनाइ असत्य भएको दाबी गर्दै उनले थपे, ‘बरु सरकारबाट संसद्लाई सहयोग भएको थिएन।’

ल्होसारले सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्छः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सभामुखले दर्ता गरेको मुद्दामा कारण देखाउ आदेश

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

सभामुखद्वारा प्रधानमन्त्रीविरुद्ध मुद्दा

सभामुखले सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्धान्तबमोजिम संवैधानिक परिषद्को बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने दाबी गरेका छन् ।

संवैधानिक आयोगका नियुक्ति सिफारिस सभामुखद्वारा फिर्ता, यस्ता छन् कारण

संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइएको पत्र सभामुख अग्नि सापकोटाले फिर्ता गरेका छन्।

सकसमा सभामुख

संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थामा संसद् विघटन भए पनि सभामुख अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् ।

प्रतिनिधिसभा विघटनः सभामुखले राखे वकिल

प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभाको विघटनविरुद्ध बहस गर्न तीनजना वरिष्ठ वकिल राखेका छन् ।

सभामुखले किर्ते गरे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अन्नि सापकोटाले अविश्वासको प्रस्ताव दर्तामा किर्ते गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्