१५ चैत्र २०८२ आइतबार
image/svg+xml

ओली र लेखकको पक्राउ प्रक्रियाविपरीत

सरकारले जेन-जी आन्दोलन छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र उनी नेतृत्वको सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेपछि राजनीतिक वृत्तमा आक्रोश चुलिएको छ।

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिटको तयारी

कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ। तर त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिनु आवश्यक पर्ने प्रहरीले जनाएको छ।

बीपी राजमार्ग अवरुद्ध : रोशी खोलाको बाढीले डाइभर्सन बगायो, सवारी सञ्चालनमा रोक

गत सालको बाढीपहिरोले बगाएको उक्त सडकखण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको चार किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी शुरूवात

इण्डियन प्रिमियर लिग (आइपिएल) मा डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ।

पर्यटकको रोजाइमा रास ताल

जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ ।

बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका कारण नसकिएको जनाइएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा कायम भएको छ।

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना: सतर्क रहन आग्रह

कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ओली-लेखक गिरफ्तारी

कार्की आयोगले प्रतिवेदन दिँदा २३ गतेलाई मात्र ध्यान दिएको र भोलिपल्टका विषयमा छुँदै नछोएका कारण यो आफैँमा अपुरो रहेको टिप्पणी भइरहेको छ। यसलाई ‘पत्रु प्रतिवेदन’का रूपमा टिप्पणी गर्दै छनोटपूर्ण कारबाहीको सिफारिस गरेर यसले आफ्नो मर्यादा गुमाएको चित्रण भइरहेको छ।

सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन हुने

सरकारले महिलाहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने भएको छ।

कक्षा ५ सम्म परीक्षा नलिइने, आन्तरिक मूल्याङ्कन मात्र

सरकारले साना बालबालिकालाई मनोवैज्ञानिक त्रास र दबाबबाट मुक्त गर्न विद्यालय तहको पठनपाठन र मूल्याङ्कन पद्धतिमा परिवर्तन गर्ने निर्णय गरेको हो।

६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय सङ्गठन हटाइने

सरकारले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गर्ने जनाएको छ।

राजस्व प्रणालीलाई पारदर्शी बनाउन ठूला व्यवसायमा अनिवार्य ‘ई–बिलिङ’

सरकारले राजस्व प्रणालीलाई पारदर्शी, डिजिटल र प्रभावकारी बनाउन ‘ई-बिलिङ’ प्रणाली लागू गर्ने निर्णय गरेको छ।

राहदानी, लाइसेन्स पूर्ण रूपमा बिचौलियामुक्त बनाइने, घरमै डेलिभरीसम्मको व्यवस्था

सरकारले राहदानी, सवारी चालक अनुमतिपत्र र नागरिकताजस्ता अत्यावश्यक सेवाहरूलाई पूर्ण रूपमा बिचौलियामुक्त बनाउने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्