coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ। उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।

जङगली हात्तीका कारण ३० बिघाको धानबालीमा नोक्सानी

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जङ्गली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन्। उनीहरुले जङ्गली हात्ती नियन्त्रणका लागि माग गरेका छन्।

धानबालीमा गबारो र पात बेरुवा किरा

तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ। म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो।

धानबालीमा समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उनी बताउँछन्। करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ।

बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप

म्याग्दीको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ।

धानबाली भित्र्याउन भ्याइनभ्याइ

अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन्।

बर्दियामा चार सय ९४ बिघाको धानबालीमा क्षति

तीन सय नौ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने एक सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले जानकारी दिए।

किसानलाई पाँच अर्ब क्षतिपूर्ति दिने तयारी

१५ दिनको सूचना दिएर किसानलाई आफ्नो क्षतिको माग दाबी गर्न आह्वान गरी एक महिनाभित्रै उनीहरूको खातामा क्षतिपूर्तिको रकम पठाउने तयारीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय जुटेको छ ।

बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ।

बेमौसमी वर्षाले सिन्धुलीमा साढे ३ सय बढी हेक्टर जमिनको धानमा क्षति

अत्याधीक वर्षाका कारण सिन्धुलीमा करिब साढे ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अमागाईले जानकारी दिए।

वर्षाले धानबाली नष्ट,भोकमरी हुने त्रास

वर्षा भएदेखि उनी राम्रोसित निदाएका छैनन्।उनी खेतमा काटेर राखेको धान कसरी घर भित्र्याउने भन्ने मै सोचिरहेका छन्। उनले भने,‘निरन्तर वर्षा भइरहेको छ। खेतमा धानका दाना जताततै बगिरहेका छन्। न मेहनत रह्यो न त फल पाइयो। खेतको आलीमा बसेर टुलुटुलु हेर्नुबाहेक केही छैन।’

अविरल वर्षाले धानबालीमा क्षति

लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने भएको छ।

जङ्गली हात्तीका बथानले धानबालीमा क्षति

छदेखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्‍याएको छ।

हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम!

पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पुर्‍याउन थालेपछि उनीहरु चिन्तित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्