coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

तस्करतन्त्र

नेपालको राजनीतिमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लाई गम्भीरतापूर्वक लिइँदैन। यसो गर्दा हुने लाभ धेरै छन्। एक, राजनीतिक शक्ति प्रयोग गरी अवाञ्छित लाभ लिन सकिन्छ। दुई, यसरी गरिएका कुनै काममा अहिलेसम्म दण्डित पनि हुनु परेको छैन।

४० करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

कृष्णबहादुर महरासहितकाआरोपीलाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

नेताहरुलाई छाडेर सिआइबी प्रमुखलाई कारवाहीको तयारी

सुन तस्करीमा राजनीतिक तहको शीर्ष नेतृत्व नै संलग्न रहेको प्रतिवेदन बुझाएपनि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राजनीतिक नेतृत्वलाईभन्दा पहिला प्रहरी तथा निजामती कर्मचारीलाई कारवाही गर्न लागेका हुन्।

सुन तस्करीमा संलग्न १९ जनालाई पक्राउ गरी अनुसन्धान गर्न सिफारिस

आयोगले माओवादी केन्द्रका नेताहरूकै संरक्षणमा सुन तस्करी भएको र उनीहरूलाई उच्च तहका सरकारी कर्मचारी तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूले सघाएको जनाउँदै उनीहरूको भूमिकाअनुसारको कारबाही सिफारिस गरेको हो।

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।

केके छन् पूर्वीपहाडका सुरक्षा अधिकारीका सुरक्षा एजेन्डा ?

पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा चार जना थप

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा चार जना सदस्य थपिएका छन्।

राजस्व गुम्दै, तस्करी मौलाउँदै

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो। यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ।

एक्काइस प्रतिशतले निकासी घट्यो

सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ। आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ।

करका दर घटाएर अनधिकृत व्यापार रोक्न माग

उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकाले करका दरहरूलाई तार्किक स्तरमा राख्न व्यवसायीले आग्रह गरेका छन्।

तस्करी रोक्न खोज्दा प्रहरीमाथि हातपात

मूल नाका छलेर भित्री बाटो हुँदै तस्करी भइरहेको सूचना आएपछि बाख्रा नियन्त्रण गर्न खोज्दा तस्करीले आफूमाथि हातपात गरेको असइ ओलीले बताइन्। तिहार नजिकिँदै गर्दा तस्करीले बाहिरी बाटो (चोर बाटो) बाट तस्करी गर्दै आएका छन्। ‘भित्री बाटो हुँदै बाख्रा तस्करी भएको सूचनाका आधारमा हामी पहिला दुई पछाडि दुईजना त्यहाँ गएका थियौं,’ असइ ओलीले भनिन्, ‘नियन्त्रण गर्न खोज्दा हामीमाथि उल्टै हातपात भयो।’

प्रतिबन्धित मेशिन भन्सार भित्रैबाट पैठारी

२०७६ असार २ मा प्रकाशित राजपत्रको भाग ५ खण्ड ६९ को संख्या ११ को दफा ४ मा ‘पैठारीका लागि पूर्ण बन्देज लागेका बस्तु’ को सूची रहेको छ।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्