४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

जिकेले ल्याए एलिनाको स्वरसँगै आफ्नै शब्द, सङ्गीत र स्वरमा नृत्यप्रधान गीत ‘इन्दिरा’

जिके पोख्रेलको शब्द र सङ्गीतमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक भएको छ। ‘इन्दिरा’ बोलको गीतमा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ।

म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन्। प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेको उक्त गीत म्युजिक नेपालकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हाे।

नृत्यनिर्देशक राजाराम सिम्खडाले नृत्य निर्देशनमा देखाएको कलाले दर्शकलाई स्वस्फूर्त ‘नाचौँनाचौँ’ बनाउँछ। म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय कला र नृत्य दुवैमा कौशल खुलेको देखिन्छ। राजेश घिमिरेले छायाङ्न गरेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन्।

‘लगभग डेढ दशक कला क्षेत्रमा थकाइ मारेर प्राध्यापन र पत्रकारितामा रमाउन र हराउन बाध्य थिएँ– प्राध्यापन कर्म छोडेपछि गीत लेखन र कम्पोजमा समय निस्कियो। तिनैमध्येको एक ‘जली’ जानराको गीत हो इन्दिरा, यसलाई कमेडी सम्झिदिनुभयो भने गीतमाथि नै अन्याय हुन जानेछ,’ पोख्रेलले भने, ‘गीतको पहिलो स्थायीको ‘टुक्का’ सुन्न थालेपछि दर्शक अन्तिमसम्मै सुन्न लालायित हुनुहुनेछ भन्ने मेरो विश्वास हो।’  

‘साङ्गीतिक बजारमा आइरहेका आम गीतभन्दा फरक स्वादको हुनु, ‘म्युजिक इन्डस्ट्रीका एक से एक हस्ती’ ले गायन र अभिनय गर्न स्वीकार्नु र म्युजिक नेपाल जस्तो ‘अर्काइभ च्यानल’ ले अपलोड गर्नु नै ‘इन्दिरा’को शक्तिशाली पाटो हो,’ पोख्रेलले थपे, ‘दुई पात्र भट्टराई र ‘इन्दिरा (चन्द्रमा/स्मिता/बबिता/सरस्वती लगायत)’ बीचको भेटघाटपछि मिलनसम्मको कथा यस म्युजिक भिडियोमा समेटिएको छ।’

गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोको निर्देशक नरेन्द्रराज भट्टराई हुन्।

प्रकाशित: १९ माघ २०८२ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App