२० आश्विन २०८१ आइतबार
image/svg+xml

सप्तरी, तिलाठीमा निर्वाचन अवरुद्ध

निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र खसेको पुष्टि भएपछि उत्पन्न भएको विवादका कारण सप्तरीको तिलाठी कोइलारी गाउँपालिका वडा नं. १ को राष्ट्रिय प्राथमिक विद्यालय तिलाठी मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

सप्तरीमा पाँच सय ३२ वटा मुद्दा निःशुल्क

जिल्लास्थित कानूनी सहायता केन्द्रले यस वर्ष ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको छ ।

सप्तरीको सुरक्षा व्यवस्थामा कडाइ

आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ।

सप्तरीमा उम्मेदवारी दर्ता सकिन राती १२ बजे सम्म लाग्न सक्ने

प्रमुख दलहरुले वडा स्तरीय उम्मेदवारहरुको समयमा टुंगो लगाउन नसक्दा सप्तरीमा उम्मेदवारी दर्ता प्रक्रिया निकै ढिलो भएको छ।

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

सप्तरीको पश्चिमी भेगका ८५० जना बाढीपीडितलाई शनिबार निःशुल्क स्वास्थ्योपचार गरिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–६ स्थित जनता मावि कटैया फत्तेपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित बालबालिका, वृद्धवृद्धासहित ८५० जना बाढीपीडितलाई निःशुल्क उपचार गरिएको स्थानीयवासी सन्दीप सदाले जानकारी दिए।

डिस्चार्ज भएलगत्तै सप्तरी जाँदै डा. केसी

'केहीबेरअघि मात्रै डिस्चार्ज भएर आएर तयारी गर्दैछु। डा.दिव्या (उपचारमा संलग्न चिकित्सक) ले थप दुई/तीन बस्नुपर्छ भन्नुहुन्थ्यो, म जान्छु भनेर हिँडें।'

अढाई करोडको राहत लिएर एनआरएन नेता सप्तरीमा (भिडियो)

पछिल्लो साता आएको बाढीले बिचल्लीमा परेका सप्तरीका बाढीपीडित राहत वितरण गर्न यतिबेला गैरआवासिय नेपाली संघ (एनआरएनए)को टोली सप्तरी आइपुगेको छ। अध्यक्ष शेष घले नेतृत्वमा मंगलबार सप्तरी आइपुगेको टोलीले जिल्लाको पश्चिमी–दक्षिणी भेगमा रहेको बोदेबर्साइन नगरपालिका तथा उत्तर–पूर्वी तिरहुत गाउँपालिकामा छुट्टा–छुट्टै दुई वटा शिविरमार्फत् राहत विरण गरिरहेको छ।

सप्तरीमा राहात लैजान एनआरएनलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली संघलाई सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत वितरण गर्न सुझाब दिएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार बिहान काठमाडौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी केन्द्रित हुन आग्रह गरेका हुन्।

सप्तरीमा हजारौं पीडित, छैन राहत

सप्तरीको डाक्नेश्वरी नगरपालिका–८का ६३ वर्षीय नथुनी रामको आइतबार बाढीमा डुबेर मृत्यु भयो। स्थानीय चरकैया खोलाको बाढीले बगाएर रामको मृत्यु भएको हो। घन्टौंसम्म खोजेपछि दुई किलोमिटर दक्षिणबाट रामको शव फेला पर्‍यो। घटनाको २४ घन्टापछि सोमबार बिहान प्रहरी उनको शव पोस्टमार्टमका लागि राजविराज ल्याउन त्यसतर्फ खटियो।

सप्तरीमा बम विस्फोट हुँदा चार प्रहरी घाइते

सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ।

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

सप्तरीका बाढीपीडितलाई एमालेको राहत

सप्तरीका विभिन्न स्थानका बाढिपीडित ११७ परिवारलाई आज नेकपा (एमाले)ले राहत वितरण गरेको छ। बाढीपीडित राजविराज नगरपालिका वडा नं २ र १० तथा मलेठका बाढिपीडित प्रतिपरिवारलाई एक थान त्रिपाल, एक थान ब्ल्याङ्केट, एक थान ज्याकेट र पाँच किलो खाद्यान्नका दरले राहत बाँडिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्