१२ मंसिर २०८१ बुधबार
image/svg+xml

खोटाङ दुर्घटना : जहाज नउडेपछि सुमो चढेका थिए चौहान

बहिनीको बिवाह आउन १० दिन मात्र बाँकी थियो। बहिनीको बिवाहका लागि आवश्यक सामग्री लिन काठ्माडौं पुगेका खोटाङका ज्ञानबहादुर चौहान झापा फर्कनका लागि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। प्रतिकुल मौसमका कारण काठ्माडौं–विराटनगर उडान रद्ध भएपछि टाटा सुमो जीपबाट झापा (दमक) तर्फ हिँडेका चौहानको यात्रा सडक दुर्घटनाका कारण सँधैका लागि बिचैमा टुंगिएको छ।

जीप दुर्घटनामा दुईको मृत्यु

याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

इटालीमा रेल दुर्घटना, कम्तीमा तीनको मृत्यु

इटालीको आर्थिक सहर मिलान नजिकै बिहीबार भएको रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको अग्निनियन्त्रक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा एकै टोलको चारजनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा एउटै टोलको चार जनाको मृत्यु भएपछि अहिले महोत्तरीको रामगोपालपुर नगरपालिका ७ सहसौला टोल शोकमग्न बनेको छ ।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु, ३३ घाइते

बाक्लो हुस्सुको कारण बाटो हेर्न नसक्दा महोत्तरीको रामगोपालपुरमा ट्याक्टर पल्टेर ४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशुको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ।

मोडमा पट्टा भाँचिदा बस दुर्घटना

पूर्वी रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सोमबार दिउँसो सल्यानको भाटखोला नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १३ जना गम्भीर घाइते छन्। श्रीनगरमा ३० जनाको इन्ट्री गरेर दाङतर्फ जाँदै गरेको ना५ख ५३१ नम्वरको बस सल्यानको त्रिवेणी गाउँपालिका–६, भाटखोलामा दुर्घटना भएको हो ।

सेनाको हेलिकप्टर दुर्घटनाबाट बच्यो

नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाईलटले आकस्मीक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन्। जसले एक हवाई दुर्घटना टरेको छ।

दुर्घटना रोक्न अटो रिक्सामा स्टीकर

जुम्लामा सञ्चालित अटो रिक्सा चालकले तिव्र गतिमा हाक्नाले दुर्घटना हुनसक्ने सम्भावना बढ्दै गएको भन्दै जिल्ला ट्राफिक कार्यालयले अटो रिक्सामा स्टिकर टाँसेको छ। यहाँका सञ्चालित १५ वटा अटो रिक्सामा ‘तिब्र गतिमा सवारी नचलाऔं’ भन्ने सन्देश लेखिएको स्टिकर टाँस गरेको हो।

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर

पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना२ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

भारतको पश्चिम बङ्गालमा बस दुर्घटना, सातको मृत्यु

पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा एकजनाको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्