३ मंसिर २०८१ सोमबार
image/svg+xml

काठमाडौका उत्तरपूर्वी नगरपालिकाहरुमा सहर बनाउने योजना मन्त्रिपरिषद्मा

उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो।

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुन्ः मन्त्री चौधरी

स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।

सर्वनाम शिक्षालयका वार्डेन पुर्पक्ष थुनामा

राजधानीको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले बिहीबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

गोकर्णेश्वर नगरपालिका मतगणना सुरु

प्रारम्भिक मत परिणामअनुसार नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र वडाध्यक्षमा नेकपा (एमाले) उम्मेदवारले नेतृत्व लिएका छन्।

गोकर्णेश्वरमा कांग्रेस–एमाले प्रतिस्पर्धा

गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाल, एमालेले मेयरमा उद्धव बिष्ट र उपमेयरमा सान्नानी लामा तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनले मेयरमा गोपाल बराल र उपमेयरमा पेमाछिरी शेर्पालाई उम्मेदवार बनाएका छन्।

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ।

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो।

इ–पासपोर्टका लागि रातभरि लाम

बिदेसिन चाहने, खासगरी श्रमका लागि खाडी मुलुक जान चाहनेले राष्ट्रिय परिचयपत्र र विद्युतीय पासपोर्ट लिन दुईदेखि तीन महिना जिल्ला प्रशासनमा धाउनुपर्छ। त्यसका लागि उनीहरूले अघिल्लो दिनदेखि नै लाइन लाग्नुपर्छ।

गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको भीडले सकसमा यात्रु

गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्दा साँघुरो सडकका कारण यात्रु घण्टौँ जाममा यात्रा गर्न बाध्य भएका छन्।

गलाक मुवाँथाई फाइट हुने

राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रालिको संयुक्त आयोजनामा प्रथम गलाक मुवाँथाई फाइट असोज २० गते हुने भएको छ।

आज कुशे औंसी पर्व मनाइँदै

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ।

१५ गतेबाट विद्यालय खुल्ने , स्वास्थ्य सुरक्षाको जिम्मेवारी विद्यालयले नै लिनुपर्ने

विद्यार्थीहरु घरमै रहँदा उनीहरुको पठनपाठनमा समस्या भएपछि सरोकारवालाहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरेका थिए। सोही माग अनुसार नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्