४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

गलाक मुवाँथाई फाइट हुने

राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रालिको संयुक्त आयोजनामा प्रथम गलाक मुवाँथाई फाइट असोज २० गते हुने भएको छ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। फाइटअन्तर्गत पुरुषमा ७ र महिलामा १ भिडन्त हुनेछ। प्रत्येक स्पर्धामा समान २/२ खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए। 

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै ३ महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिनेछ। त्यस्तै उत्कृष्ट २ खेलाडीलाई गलाकले अनुबन्धित गर्ने पनि अध्यक्ष कक्षपतिले बताए। 

प्रतियोगितामा केन्द्रीय मुवाँथाई क्लब, गलाक मुवाँथाई क्लब, जिमखाना मुवाँथाई क्लब, गोकर्णेश्वर मुवाँथाई क्लब, सुकेधारा मुवाँथाई क्लब, फ्रेन्डसिप मुवाँथाई क्लब र नेपाल आर्मीका खेलाडीको सहभागिता रहनेछ। 

प्रकाशित: ८ आश्विन २०७८ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App