१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

यहाँस्थित माङसेबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज दिउँसोे १ बजे माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङस्थित फाल्गुनन्द कच्ची सडकखण्डमा पाँचथरबाट दमकतर्फ अदुवा लिएर गएको ट्याक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय नबिन कुरुवाङ र सहचालक धनकुटाका २२ वर्षीय गोकुल लिम्बूको निधन भएको हो।

जिम्बाबेमा बस दुर्घटना, कम्तीमा ४२ को मृत्यु

जिम्बाबेमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ। जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन्।

प्रदेश नम्बर पाँच : दसैं र तिहारमा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु

प्रदेश नं ५ मा दसैं–तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जनाको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारी अनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्।

जिप दुर्घटनामा बुवाको मृत्यु, छोरा सहित २ घाइते

बुढीगंगा नगरपालिका–२ बल्देवमा भएको जिप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

नवलपरासीको कावासोतीमा बस दुर्घटना, १६ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

दुर्घटनामा एकको मृत्यु

पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

दुर्घटनामा परी १ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

नवलपरासीको गैँडाकोटमा बस दुर्घटना, पच्चिस घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा ३ को मृत्यु, ३२ घाइते

पिकनिक खाएर फर्कदै गरेको ट्याक्टर नयाँ कोशी पुल नजिकै दुर्घटना हुँदा उदयपुर जिल्लाको बेलका नगरपालिका २ का ३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

पाल्पामा जीप दुर्घटना, एकको मृत्यु ७ जना घाइते

रिब्दीकोट–७ पालुङमा एक जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।  ठिमुरेबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १४९६ नम्बरको जीप रिब्दिकोट गाउँपालिका ७ पालुङ मैनादीमा दुर्घटना भएको हो।

जीप दुर्घटनामा बेपत्ता अमिनाको अवस्था छैटौं दिनसम्म पनि अज्ञात

जीप दुर्घटनामा वेपत्ता अमिना बुढामगरको दुर्घटनाको छैटौं दिनसम्म पनि अवस्था अज्ञात रहेको छ। डोल्पाको सदरमुकाम दुनैदेखि त्रिपुरासुन्दरी नगरपालिकाको सुँपानी सम्मको लागि गएको भे १ च १६१० नम्बरको जीप ठुलीभेरी नगरपालिकाको वार्ड ९ मा पर्ने कालागौडा स्थित बतासे डाँडामा कार्तिक १९ गते दुर्घटना  भएको थियो।

तनहुँमा बस दुर्घटना, ३७ यात्रु घाइते

भिमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्वरको  बस दुर्घटनामा परेकाे छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुँवामा बस अनियन्त्रित भइ दुर्घटना भएकाे हाे।

ग्यास बुलेट पल्टिएर किच्दा आमाछोरीको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार नजिकै आइतबार बिहान ग्यास बुलेट पल्टिदाँ पैदलयात्रु आमाछोरीको मृत्यु भएको छ।

गाेरखामा बस दुर्घटना, कम्तीमा १५ घाइते

आबुखैरेनीबाट गोरखा आउँदै गरेको बस शनिबार साँझ दुर्घटनामा परेको छ। दुर्घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन्।

दुई बस ठोक्किंदा एकको मृत्यु, ३१ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३- मालिङ्गगामा  शनिबार दुई वटा बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्