९ आश्विन २०८१ बुधबार
image/svg+xml

केन्द्र सरकार गम्भीर नभएको प्रदेशमन्त्रीको आरोप

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले संघ (केन्द्र) सरकार प्रदेशप्रति गम्भीर नभएको आरोप लगाएका छन्। केन्द्रिय मन्त्रिपरिषदले पूर्णता पाउन बाँकी भएपनि प्रदेश सरकारका लागि गर्न सक्ने सामान्य सहयोग पनि नगरेको उनले तर्क गरे।

आगलागीमा गम्भीर घाइते महिलाको ११ दिनपछि मृत्यु

आगलागीमा गम्भीर घाइते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा भञ्ज्याङकी ४५ वर्षीय रत्नमायाँ सार्कीको मृत्यु भएको छ। फागुन ९ गते बिहान भएको घर आगलागीमा गम्भीर घाइते भएकी सार्कीको शनिबार मृत्यु भएको हो।

पोखरामा ४ गाडी एकापसमा ठोक्किँदा ७ घाइते, दुई गम्भीर (अपडेट)

पोखराको चाउथेमा चारवटा गाडी एकापसमा ठोकिँदा ७ जना घाईते भएका छन्। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परि घाईते भएका दुई जनाको अवस्था भने गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय नजिकै गोली चल्दा, एक गम्भीर

अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागि वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन्।

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ की एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ।

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

दैलेखमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। सदरमुकामबाट महावु गाउँपालिकाको मुकाम गैडाबाज जाँदै गरेको लु १ ज ३५३२ नम्वरको बोलेरो जीप वखलढुंगा भिरबाट ५० मिटर तल खस्दा ४ जनाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिए।

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा  भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

आगलागीमा गम्भीर घाइतेलाई हेलीकोप्टरमार्फत काठमाडौं

आगलागीमा गम्भीर घाईते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी रत्नमायाँ सार्कीलाई हेलीकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।

रूसको गम्भीर आपत्ति

रूस ओलम्पिक कमिटी (आरओसी) ले मंगलबार प्रतिबन्ध मुक्त भए पनि आफ्ना खेलाडी र अन्य खेल पदाधिकारी गरी १५ जनालाई प्योङचाङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा नबोलाउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निर्णयप्रति गम्भीर आपत्ति भएको जनाएको छ ।

जनस्वास्थ्यमा गम्भीर खेलबाड

मानव स्वास्थ्य केवल व्यक्तिको शरीरमा मात्र निर्भर गर्दैन । उसको आनीबानी र व्यक्तिगत जीवनशैली, पारिवारिक सम्बन्ध, सामाजिक वातावरण र राज्यले अवलम्बन गर्ने सार्वजनिक नीतिमा पनि उतिकै भर पर्छ । यो कुरा बिल्कुलै नयाँ होइन तर धेरै मानिसलाई यसबारे ज्ञान नहुन सक्छ । हालै देखिएको बिलासी तथा आधुनिक जीवनशैली, खानपानमा आएको परिवर्तन र पश्चिमा औषधि विज्ञानको बढ्दो प्रभावले मानिसहरूको स्वास्थ्य दैनिक रूपमा प्रभावित हुँदैछ । यहाँ वर्षभरि दुखेसो गरी बचत गरेको नगद र थप ऋणसमेत लिएर ठूलो र महँगो अस्पतालमा रकम बुझाउन बाध्य मानिसहरूको भीड पनि बढ्दैछ।

न्यायाधीश लोयाको मृत्यु ‘गम्भीर मामिला’

भारतीय तल्लो अदालतका न्यायाधीश बिएच लोयाको सन् २०१४ मा भएको मृत्यु ‘गम्भीर मामिला’ भएको र यस विषयमा थप अनुसन्धान आवश्यक रहेको भारतको सर्वोच्च अदालतले बताएको छ।

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर

पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना२ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

कैलालीको लम्कीमा दुई बस ठोक्कियो, सात गम्भीर

कैलालीको लम्कीचुहा नगरपालिका ८ गुलरामा आज बिहान आठ बजे दुई बस एक आपसमा ठक्कर खाँदा सात जना गम्भीर घाइते भएका छन्।

संघीयता कार्यान्वयनमा गम्भीरता

संघीय शासन प्रणाली विभिन्न राजनैतिक प्रणालीमध्ये निकै जटिल, परिस्कृत र पछिल्लो समयमा आकर्षक बन्दै गएको देखिन्छ । संघीयताको आयाम निकै बृहत भए पनि यसको सार भनेको सहशासन (सेयर्ड रुल) र स्वशासन (सेल्फ रुल) नै हो । २६ भन्दा बढी देशमा आ–आफ्नै विशेषतासहितका संघीय प्रणालीहरू कार्यान्वयनमा छन् । यीमध्ये बोस्निया–हर्जगोबिना, इथियोपिया, नाइजेरिया, नेपाल, दक्षिण अफ्रिकाजस्ता देशहरूमा द्वन्द्वोत्तर शासन प्रणालीको रूपमा संघीय प्रणाली अभ्यासमा ल्याइएको छ भने मलेसिया, भारत, पाकिस्तान जस्ता देशहरूमा उपनिवेशको अन्त्यपछि स्वतन्त्र देश बन्ने क्रममा संघीयता प्रणालीको सुरुवात भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्