कोभिड खोप अब सातामा ६ दिन दिइने
उदयपुरमा कोभिडविरुद्धको खोप अब सातामा ६ दिन लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले सोमबार एक सूचना जारी गर्दै अबदेखि कोभिडविरुद्धको खोप सातामा ६ दिन लगाउन पाइने जानकारी गराएको हो।
उदयपुरमा कोभिडविरुद्धको खोप अब सातामा ६ दिन लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले सोमबार एक सूचना जारी गर्दै अबदेखि कोभिडविरुद्धको खोप सातामा ६ दिन लगाउन पाइने जानकारी गराएको हो।
आइभिआईको नेतृत्वमा नेपालमा सनोफी र जिएसकेको तेस्रो चरणको कोभिड–१९ खोप उम्मेदवारको प्रभावकारिता परीक्षणका लागि नामांकन सुरु भएको छ।
हाल सयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार हालसम्म २४ हजार ६ सय ४८ जनाले खोप लगाइसकेका छन्। जसमध्ये १९ हजार ८ सय ४७ जनालाई पूर्ण खोप अर्थात् दोस्रो खोप समेत लगाइसकेका छन्।
‘छिमेकी मित्र राष्ट्रका नागरिकले आफ्नो नागरिकता, पासपोर्ट वा अन्य आधिकारिक परिचयपत्र देखाएर खोप लिन पाउनेछन्,’ उनले भने, ‘यसका लागि अलग्गै व्यवस्था गरिएको छैन, जसरी भारतीय नागरिकले खोप पाउने गरेका छन् त्यसरी नै नेपाली नागरिकलाई पनि उपलब्ध हुनेछ।
यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो। साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन्।
‘बुधबार बिहान ११ बजेदेखि लाइन बसेँ साँझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो। समाजिक दूरी कायम थिएन। त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैया महर्जनले भनिन्, ‘लाइनमा सबेरै आउनु पर्ने चिन्ताले रातभरि निन्द्रानै लागेन।
अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ। एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाइ छ।
गत माघ १४ देखि सुरु गरिएको पहिलो चरणअन्तर्गत नेपालमा गत सातासम्म ४ लाख ३० हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विश्वका १०० भन्दा बढी राष्ट्रले खोप अभियान सुरु नै नगरेको अवस्थामा संक्रमणको हिसाबले उच्च जोखिममा रहेका १ दशमलव ४८ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराइएको छ । यो आफैँमा ठूलो उपलब्धि हो ।
कोभिड–१९ विरुद्धको खोप अभियानका कारण हात्तिपाइलेविरुद्धको औषधि अभियान सरेको छ। हरेक वर्ष फागुन २९ देखि गर्दै आएको हात्तीपाइले अभियान यसपालि चैत २० देखि मसान्तभित्र सुरु गर्ने निर्णय सरकारले गरेपछि सो अभियान करिब एक महिना पछाडि धकेलिएको हो।
चीनले नेपालको लागि कोभिड १९ विरुद्धको खोप अनुदान स्वरूप दिने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्रालयलाई दिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बीचमा आपसी हितको विषयमा भएको छलफलको क्रममा यस्तो खोप उपलब्ध गराउने जानकारी दिएको छ।
अमेरिकासहित केही अन्य देशमा वञ्चितीकरण परेका र विभिन्न जातीय समूहको सरदर आयु अन्य समूहको भन्दा कम छ । उनीहरू कोभिड–१९ का कारण अरूभन्दा बढी मृत्युको जोखिममा छन् । यस्तो बेला जनसंख्यागत यो समूहलाई खोप उपलबध गराउन नीतिनिर्माताले विशेष व्यवस्था गर्न आवश्यक देखिएको छ ।
विश्वभरका विभिन्न कम्पनीले कोभिड १९ विरुद्ध खोप परीक्षण गरिरहेको र सफल भएको बताए पनि १४ मुनिका बालबालिकाले भने यो खोप लगाउन नपाउने भएका छन्।
अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसविरुद्ध आफूले बनाइरहेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको सोमबार जनाएको छ।
परीक्षण खोप लगाएकामध्ये युकेमा एक जनामा अज्ञात समस्या देखिएपछि तत्काललाई परीक्षण स्थगन गरिएको खोप उत्पादक कम्पनी एस्ट्राजेनेकाले जनाएको छ।