१२ मंसिर २०८१ बुधबार
image/svg+xml

माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु

खोटाङमा माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घरछेउको माछा पोखरीमा डुब्दा रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङका यूकेस राईको मृत्यु भएको हो। खेल्ने क्रममा सोमबार बिहान बालक माछा पोखरीमा परेको प्रहरीले जनाएको छ।

पोखरीमा डुबेर बालकको मृत्यु

तानसेन नगरपालिका–५, बतासेडाँडाको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय मनिष विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी

पानीको मुहान संरक्षणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रिचार्ज पोखरी निर्माण गरिएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटार र दुर्छिममा वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।

मोरङको कानेपोखरीमा आगोले जलेर तीनको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ। सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा आज बिहान ३ बजे अचानक आगलागी भएको थियो।

लमजुङका परित्यक्त पोखरी

सुनखानीमा बस्दैमा मान्छे धनी हुँदैन । धनी हुन त सुनको सदुपयोग गर्न सक्नुपर्छ । यस्तै सुनको चाङको लमजुङका परित्यक्त पोखरीहरु । बरु लमजुङका युवाले त्यसको सदुपयोग गर्न नसके पनि कताकतीबाट घुम्दै त्यस ठाउँको स्वाद लिनेहरुको संख्या बढिरहेको छ । स्थानीय पर्यकटहरुको संख्या बढेसँगै पछिल्लो समय युवापुस्तामा पथ प्रदर्शकमा जाने र थोरबहुत आम्दानी गर्ने चलन पनि बढेको छ । यात्राका लागि लमजुङको बराह पोखरी र दुधपोखरी उपयुक्त स्थान हुन् । यी पोखरीहरुमा जनै पूर्णिमामा मेला लाग्छ । मेलाका बेला स्थानीयको भीड हुनु स्वाभाविक हो । मेलाबाहेक पनि साहसिक ट्रेकिङ गर्नेहरु वैशाखदेखि असोजसम्म फाट्टफुट्ट पुगिरहेका हुन्छन् । दुध पोखरी समुद्री सतहदेखि ४५०० मिटर माथि छ । उक्त स्थानमा जान काठमाडौँबाट एक दिन लमजुङ बेसिसहरसम्म र भोलिपल्ट बिहान हिँड्न थालेदेखि चिती हुँदै पुरानो दुबार, चित्रे गरी एक दिनमा बराह पोखरी पुग्न सकिन्छ ।

पोखरीमा डुबेर एकको मृत्यु

विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा बुधबार सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ।

पोखरीमा तैरिरहेका ‘ठूला माछा’

हाम्रो पद्धतिले अब व्यक्तिलाई अनियमितता नगरी बाँच्नै नसक्ने बनाएछ । अनियमितता नगर्नेले बजारबाट आफूलाई आवश्यक सामग्री किन्नै सक्दैन । नानीहरूलाई राम्रा स्कुलमा पढाउनै सक्दैन । स्वास्थ्योपचार गराउनै सक्दैन । बाटोमा सुरक्षित हिँड्नै सक्दैन ।

डेस्टिनेसन तिम्बु पोखरी

पूर्वमा तिम्बु पोखरी चर्चित छ । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बु पोखरी र आसपासका क्षेत्र घुम्ने सिजन सुरु भएको छ । साउन, भदौ र आसोजको पहिलो हप्ता यहाँ घुम्न उपयुक्त मानिन्छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फूल्ने यी दुई महिना तिम्बु पोखरी जाने उचित समय मानिन्छ । भदौपछि यहाँका गोठ औलतिर सर्ने हुँदा साउन, भदौमा घुम्न जानु उपयुक्त हुन्छ ।

पोखरीमा बाख्रा डुबाएर लुछाचुँडी गर्ने खोकनाको जात्रा (भिडियो)

ललितपुरको खोकनास्थित देवपोखरीमा बुधवार जात्रा हेर्न उल्लेख्य मानिसहरु जुटेका थिए। देवपोखरी जात्रा खोकनाको अर्को पहिचान हो।

पौडी पोखरीबाट सर्न सक्ने छाला रोग

गर्मी चढ्दै गएपछि पौडी पोखरी धाउनेहरू बढ्छन् । गर्मी याममा पौडी खेल्नुको मज्जा बेग्लै हुन्छ । पौडी खेल्नु मनोरञ्जनका साथसाथै शारीरिक अभ्यास पनि हो । पौडी खेल्दा शरीरका विभिन्न अंग एकसाथ चल्छन् । एकै पटक शरीरका विभिन्न भागको एक्सरसाइज हुन्छ ।

लिकुवापोखरीमा चितुवा आतंक

खोटाङको लिकुवापोखरीमा चितुवा आतंक मच्चिएको छ। खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा चराउन जंगलमा लगेको खसी बाख्रा र खोरमा राखेको खसी बाख्रा चितुवाले मारेर खाइदिन थालेपछि चितुवा आतंक फैलिएको हो।

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो।

पिलाछेका युवक हत्याका अभियुक्त खिचापोखरीबाट पक्राउ

छुरा प्रहार गरी एक युवकको हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँको नघल गल्ली बस्ने ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने भूषण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

लमजुङको दूधपोखरीमा कांग्रेस विजयी

लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी छुपीमाया गुरुङ निर्वाचित भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्