१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चिरिच्याट्ट ललितपुरको कमलपोखरी

ललितपुर महानगरपालिकाको आडैमा रहेको राणाकालीन ऐतिहासिक ‘कमलपोखरी’ अहिले चिरिच्याट्ट बनेको छ। महानगरपालिकाले पोखरीभित्रको फोहर हटाएर पानी भरेपछि पोखरीको रूप बदलिएको हो।

रौतापोखरी अर्थात् पूर्वको हिरा

डाँडाको थाप्लोमा गोलाकार पोखरी। पोखरीमा पानी। पानीमा तैरिरहेको कमल। किनारको रुखमुनि रौतामाई। शितल अनि हरियाली। पवित्र एवं शान्त भूमि। रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ। उत्साहको लहर चल्छ। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा पर्छ रौतापोखरी। पूर्वको प्रख्यात धार्मिक गन्तव्य। पोखरीको दक्षिणमा घना जंगल छ। जंगलको छायाँ पानीमा तैरिन्छ। रौतामाईको मूर्ति भलायोको रुख मुन्तिर छ। त्यहाँ ध्वजापताका, त्रिशुल आदि चढाइएको छ।

रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्‌गात्मक फुटबल!

सरकारी निकायबीचकै विवादले रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षीदल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेले।

परिसर मातहतमा आयुक्त कार्यालयमा छड्के

महानगरीय प्रहरी आयुक्त कार्यालयले परिसरअन्तर्गत रहेका मुद्दा चलाउने वृत्तहरूको मिसिल छड्के जाँच गर्न थालेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको टोलीले तीनवटै जिल्लाका परिसर मातहत रहेका कार्यालयले गलत मिसिल बनाएर अदालत प्रस्तुत गर्नसक्ने भन्दै त्यसको छड्के गर्न थालेको हो।

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट : पाँचपोखरीलाई उपाधि

पाकिस्तानी राजदूतावासले आयोजना गरेको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेटको उपाधि पञ्च पोखरी क्रिकेट क्लबले जितेको छ। रोयल इन्डोर क्रिकेट क्लबलाई पराजित गर्दै पञ्चपोखरीले उपाधि हात पारेको हो।

इस्लिङटन कलेजका २९१ विद्यार्थी दीक्षित

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा संचालित कमलपोखरी इस्लिङटन कलेजले स्नातक उपाधि हासिल गरेका २ सय ९१ विद्यार्थीलाई दीक्षित गरेको छ। काठमाडौंमा आयोजित समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा. डोमेनिक पामर ब्राउनले दीक्षित विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।

कमलपोखरी प्रहरी वृत्त सार्न गगन थापाको लबिङ !

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कमलपोखरी प्रहरी वृत्तको कार्यालय सार्न पहल थालेका छन्।  मंगलवार काठमाडौं महानगरपालिकाद्वारा प्रस्तावित कमलपोखरी पुननिर्माण ढाँचामाथिको छलफलमा बोल्दै नेता थापाले कमलपोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न आफूले पहल गरिरहेको जानकारी गराए।

कमलपोखरीको ढाँचा तयार, अर्काे वर्षको छठसम्म निर्माण सकिने

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब महानगरपालिकाले खन्ने र पुर्ने काममा मात्र नभई पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताएका छन्। कमल पोखरी निर्माणका लागि सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामाथि आयोजित छलफलमा बोल्दै मेयर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी गरे।

पोखरीमा चुर्लम्म हिमाल

बिहान हतार हतार उठेर हिमाल हेर्ने रहर त्यत्तिकै म-यो। सधैं खुल्ला हुने आकाश आज डम्म ढाकियो। गुफा पोखरीको पानीमा मकालुको छायालाई पछाडि पारेर सेल्फी खिच्ने धोको पुरा भएन। तर पनि नीलो पानीमा बादलको छायालाई पछाडि पारेर सेल्फीको प्यास मेटाएँ।

रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाइने

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशसकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाउन यहाँका सरोकारवालाहरू लागि परेका छन्। रौतामाई गाउँपालिका ५ मा पर्ने धार्मिकस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र छिमेकी स्थानीयतहरू लागी परेका हुन्।

अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइयो छठ (फोटो फिचर)

सूर्य उपासनाको महापर्व छठ मंगलबार अस्ताउँदो सूर्य देवलाई अर्घ दिई मनाइएको छ। छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाउका छन्।

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा

छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन्।

बालगोपालेश्वर स्वरूप विवाद

रानीपोखरीको मध्यभागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर मल्लकालीन शैलीमा नै बन्न लागेको भन्ने कुरा विभिन्न सञ्चार माध्यममा आएका छन्।

रानीपोखरीको मन्दिर गुम्बज होइन, ग्रन्थकुट शैलीमा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्।

रानीपोखरी पुनःनिर्माण अन्योलमा

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्