१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भारतीय पाहुनामा निर्भर पर्यटन ‘सिजन’

पर्यटन क्षेत्रका लागि अक्टोबर–नोभेम्बर पहिलो सिजन हो। मार्च–अप्रिललाई दोश्रो सिजन मानिने पर्यटन क्षेत्र अब दोश्रो सिजनको सुखद् पर्खाइमा छ। व्यावसायीका अनुसार अबका केहीदिन पछि सुरु हुने पर्यटकीय सिजन उनै भारतीय पाहुनाको पर्खाइमा छ। किनकी भारतीय पाहुनाको आड–भरोसामा पर्यटन क्षेत्र चलेको छ। त्यसमा आन्तरिकको पनि साथ छ। तेश्रो मुलुकका अरु पाहुनाले केही राहत मात्र थप्ने हुन।

‘अफसिजन’लाई भारतीय पाहुनाको राहत

व्यावसायीका अनुसार एकसाता अघिसम्म पोखराका होटलको अकुपेन्सी करिब ४० प्रतिशत हाराहारी थियो। अहिले घटेर २० प्रतिशतमा झरिसकेको छ। तर, जे जति पाहुना होटलमा छन्, ती मध्ये अधिकांश भारतीय पाहुना रहेको व्यावसायी बताउँछन्।

भारतीय पाहुनाको आगमनले पोखरामा चमक

पोखरामा पछिल्लो समय भारतीय सवारीमा आउने पर्यटकको भीडभाड छ। लेकसाइडको सडकमा सर्वत्र भारतीय पर्यटक देख्न सकिन्छ। कतिपय भारतीय मुक्तिनाथ दर्शन गर्ने निहुँमा आएका छन् भने नेपालसँग सिमा जोडिएका भारतीय सहरका पाहुना भने त्यहाँको गर्मि छल्न अहिले पोखरा आएका छन्। कोरोना संक्रमणले पछिल्लो दुइवर्ष कमजोर भएको भारतीय पाहुनाको आगमनमा अहिले उत्साहजनक वृद्धिले व्यवसायीले केही राहत महसुस गर्न पाएका छन्।

भारतीय पाहुनाको आगमनले पर्यटन क्षेत्रमा चहलपहल

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा आशाका संकेत देखिन थालेको भन्दै व्यवसायी उत्साही भएका छन। पोखरामा अहिले भारतीय सहित केही तेश्रो मुलुकका पर्यटकको आगमन हुन थालेपछि व्यवसायीलाई उत्साही बनाएको हो। आन्तरिक पर्यटक पनि थपिँदा अहिले पर्यटकीय क्षेत्र लेकसाइटड सहित पोखरा आसपासका पर्यटकीय गन्तव्यमा चहलपहल बढेको छ।

भित्रिन थाले भारतीय पाहुना

कोरोना भाइरस संक्रमण कमजोर भएसँगै भारतीय पाहुना पोखरा भित्रिन थालेका छन्। कोरोनाको तेश्रो लहरको संक्रमणले गति लिएसँगै पोखरामा भारतीय पाहुनाको आगमन खस्किएर करिब शुन्यमा झरेको थियो। तर, संक्रमण कमजोर भएपछि भारतीय पाहुना पोखरा आउन थालेको व्यवसायीले बताएका छन्।

ओमिक्रोन त्रासः धमाधम बुकिङ रद्द गर्दै भारतीय पाहुना

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले गर्दा पोखराका विभिन्न होटल अग्रिम बुकिङ गरेका भारतीय पाहुनाले बुकिङ रद्द गर्न थालेका छन्। पाहुनाको बुकिङ रद्द हुने क्रम अझै चलिरहेको होटलले बताएका छन् । बुकिङ सिरिज नै रद्द हुन थालेको होटलका पदाधिकारीले बताएका छन्।

मुक्तिनाथ मन्दिर आइतबारदेखि खुल्ने

कोरोना भाइरस संक्रमणको त्रासले झन्डै ६ महिनादेखि बन्द रहेको हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर आगामि आइतबारदेखि खुल्ने भएको छ । मन्दिर खुलेपछि पर्यटकीय गतिविधि बढ्ने विश्वास पोखराका पर्यटन व्यवसायीको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्