५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

कारको ट्याङकीमा लागूऔषध !

सुनसरी र पर्साबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुमध्ये ४ जना सुनसरी र ३ जना पर्साबाट पक्राउ परेका हुन्।

भूजेल र खड्का पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको तीन सातापछि पार्टीका पोलिटब्युरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ।

६१ हजार अमेरिकी डलरसहित २ जना लैनचौरबाट पक्राउ

महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजारभन्दा बढी अमेरिकी डलरसहित २ जनालाई पक्राउ गरेको छ। गोंगबु बस्ने ३५ वर्षीय अमर बिक र २९ वर्षीय धन बहादुर खड्कालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार ६१ हजार ६२० अमेरिकी डलरसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए।

घुस लिने विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ। आयोगले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मस्र्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो। विद्युत् प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ।

चन्द माओवादीकी पोलिटव्यूरो सदस्य उमा भुजेल पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीकी पोलिटव्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन्। उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको हो। गत बैशाखमा काभ्रेको नमोबुद्धको एक पसलमा भएको आगजनीमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुनसहित भुटानी नागरिक पक्राउ

भन्सार छलेर भुटान लैजान लागेको सुन सहित एक जना पक्राउ परेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानतर्फ जान लागेका राहदानी नम्बर जि १०२१८३ वाहक भुटानी नागरिक  छिरिङ नमग्याललाई पक्रहरीले पक्राउ गरेको हो। उनलाई १ सय ५७.३२ ग्रामको सुनको प्याकेट १६ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

सुरक्षा गार्ड हत्या आरोपमा एक पक्राउ

विराटनगर–२ स्थित बिक्की हार्डवयरका सुरक्षा गार्डको हत्या गरेको आरोपमा ठेला चालक पक्राउ परेका छन्। भट्टराईको हत्या आरोपमा विराटनगरमा ठेला चलाउँदै आएका  विराटनगर–४ जामुनगाछीका संजय सहनी पक्राउ परेका हुन्।

हत्या आरोपमा चार जना पक्राउ

दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।

निर्मला हत्या प्रकरण, अनुसन्धानका लागि बविता र रोशनी पक्राउ

निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनको अनुसन्धान गर्न प्रहरीले बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ।

सहकर्मी सरकारमा, प्रकाण्डलाई मुद्दैमुद्दा

दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन्। उनका पूर्वसहकर्मीहरु रामबहादुर थापा (गृहमन्त्री), वर्षमान पुन (ऊर्जामन्त्री), मातृकाप्रसाद यादव (उद्योगमन्त्री) र चक्रपाणि खनाल (कृषि मन्त्री) सत्तामा भएका बेला सँगै युद्ध लडेका विश्वकर्मा हिरासतमा छन्।

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ।

वन्यजन्तुको आखेटोपहार सहित दुई पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।व्यूरोले काठमाडाैंकाे टोखा नगरपालिका १० सामाखुशी चोकबाट आखेटोपहारसहित पक्राउ परेका उनीहरुलाई विहिवार सार्वजनिक गरेको हो।

कपाल काेर्न नमानेकी छाेरीकाे अामाकाे कुटाइले ज्यान गयाे

कुटपिट गरी छोरी मारेको अभियोगमा बिर्तामोड नगरपालिका ५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले बुधवार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्