२३ वैशाख २०८१ आइतबार
image/svg+xml

थप ४४ लाख डोज खोप आयो

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार नेपालले दोस्रो चरणमा चीनबाट खरिद गरेको ६० लाख डोज खोपमध्ये ४४ लाख डोज शुक्रबार आएको हो। थप खोप आएकाले ४ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।

विपद र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था नेपाल रेडक्रस : गृह सचिव पाण्डे

विपद्को अवस्थामा आम मानिसहरु सुरक्षित अवस्थाको खोजीमा निस्कन्छन्, तर सुरक्षाकर्मी र रेडक्रसकर्मीहरु सुरक्षित स्थलबाट मानव जीवनको रक्षाका लागि आगो, बाढी, पहिरोलगायत असुरक्षित र संकटग्रस्त क्षेत्रमा खट्छन्। मानव जीवन र सम्पत्तिको रक्षाका लागि आफ्नो जीवनको असुरक्षा बिर्सिने त्यस्ता मानवतावादीहरुको जीवन स्वयंम्मा तीर्थस्थल हो।

अक्सिजन सिलिण्डर र भेण्टिलेटर सहयोग

अक्सिजन सिलिण्डर १० लि.का पाँचसय थान, ४६ लि.का एकसय थान, १० थान भेण्टिलेटर, एक हजार थान माक्स र अक्सिजन सिलिण्डर तथा भेण्टिलेटरका स्पेयर पार्ट्सहरु रहेका छन्।

रेडक्रस र कोका – कोला फाउन्डेसनको सम्झौता

नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउन साझेदारी गरेको छ।

रेडक्रसले दिन थाल्यो फेरि स्वास्थ्य सुरक्षा सामाग्री

कोभिड–१९ को महामारीको संकटमा रहेका बिरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षार्थ नेपाल रेडक्रस सोसाइटीले फेरि स्वास्थ्य सुरक्षा सामाग्री वितरण सुरु गरेको छ।

नेपाल रेडक्रसलाई एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

आइएफआरसीको एसियाप्यासेफिक कार्यालय क्वालालाम्पुरको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको हो।

‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गर्दै भक्तपुर रेडक्रस

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले अघिल्लो वर्ष कोभिड महामारीका कारण भएको लकडाउनको समयमा टोल टोलमा रक्तदान अभियान सुरु गरेको थियो।

विश्व रेडक्रस दिवस: रेडक्रसको काम पारदर्शी बनाउन जोड

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री महतोले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने बताएकी हुन्।

रेडक्रसको रन्थमोल

छानबिन समितिहरूले दिएका प्रतिवेदन कार्यान्वयन नभएकै कारण रेडक्रसका अधिकारीहरूको भ्रष्टाचारको शृंखला पनि रोकिएन। त्यसैले पनि रेडक्रसमा भएको भ्रष्टाचारमा त्यहाँका पदाधिकारी त दोषी छन् नै, उनीहरूलाई कारबाही नगर्ने सरोकारवाला निकायका अधिकारीहरू पनि उत्तिकै जिम्मेवार छन्।

रेडक्रसमा करोडौं हिनामिना

रेडक्रसमा अनियमितता भएको बारे धेरैपटक कुरा उठे पनि त्यसका पदाधिकारीले शक्तिको आडमा दबाउँदै आएका थिए। पछिल्लो प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने तत्परता देखाए पनि अनियमिततामा संलग्न पदाधिकारी पक्राउ गरेर वा मुद्दा दायर गरेर प्रक्रिया अघि बढाउन सकेको छैन।

रेडक्रसले घर भाडामा दिएपछि प्रतिष्ठानसँग विवाद

नेपाल रेडक्रस सोसाइटीले आफ्नो जग्गामा निर्मित भवनलाई भाडामा प्रयोग गरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रसबीच विवाद सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्