१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्मार्ट टेलिकमले ल्यायो फोरजी

निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी¬) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी हालसम्म कै उच्चगतिको फोरजी सेवा सञ्चालन गर्न लागेको जानकारी गराइयो।

७०० भन्दा बढी टावरबाट एनसेलको फोरजी

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सात सयभन्दा बढी टावर जडान गरी आधुनिक चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार एनसेलले गत जुन (असारको मध्य) सम्ममा ६ सय ९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।

फोरजीले डाटा खपत बढायो, एनसेलको मासिक २३ लाख जिबी

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलको मासिक डाटा खपत लगभग २३ लाख जिबी पुगेको छ । चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) को सुरुवातसँगै डाटा खपतमा उल्लेख्य वृद्धि भएको हो ।

१९ सहरमा एनसेलको फोरजी

एनसेलले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटिई) सेवा थप दुई सहरमा विस्तार गर्दै मुलुकभरका १९ सहरमा पु¥याएको छ । शुक्रबार (भदौ १६) देखि कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवाको बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ शहरमा पुगेको छ ।

एनसेलले ६ महिनामा १५ सहरमा फोरजी पुर्‍याउने

निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आगामी ६ महिनाभित्रमा १५ सहरमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) पुर्‍याउने भएको छ। सन् २०१८ को अन्त्यसम्म मुलुकका ४० सहरमा फोरजी विस्तार गर्ने योजना उसको छ।

एनसेलले उपत्यकामा सुरु गर्‍यो फोरजी सेवा

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सञ्चालनमा ल्याएको छ। एनसेलले बिहीबारदेखि काठमाडौं उपत्यकाबाट फोरजी सेवा सञ्चालनमा ल्याउने जनाएको छ।

स्मार्टले पनि पायो फोरजी सेवा

निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलपछि स्मार्ट टेलिकमले पनि चौथो पुस्ताको मोबाइल प्रविधि (फोरजी) सेवा संचालन गर्ने स्विकृति पाएकोछ। नेपाल दूरसंचार प्राधिकरण बोर्डको जेठ ७ गते बसेको बैठकले स्मार्ट टेलिकमलाई फोरजी सेवा संचालन गर्न पाउने स्विकृत गरेको हो।

एनसेलले पायो फोरजी सेवा अनुमति

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) संचालनको अनुमति पाएको छ। नेपाल दूरसंचार प्राधिकरणले बुधबार एनसेललाई फोरजी संचालन गर्न अनुमति दिएको हो।

‘एनसेलको फोरजी नरोक’

‘आम उपभोक्ताको अधिकार हनन् हुने गरी’ एनसेलको थ्रिजी र फोरजी सेवा विस्तार नरोक्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ।

अब आइफोनका सबै सिरिजमा फोरजी चल्ने

नेपाल टेलिकमले सञ्चालन गरिरहेको मोबाइलको चौथो पुस्ताको प्रविधि (फोरजी/एलटिर्इ) सेवा आइफोनका सबै सिरिजमा चल्ने भएको छ । नेपाल टेलिकमले प्राविधिक समस्यालाई समाधान गर्दै माघ २५, मंगलबारदेखि आइफोनका सबै सिरिजमा फोरजी संचालन सुरु गरेको हो ।

प्रिपेड मोबाइलमा पनि फोरजी विस्तार, सिअारबिटी सुचारू, रिचार्जमा १० प्रतिशत बोनश

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले शनिबारबाट काठमाडौं र पोखराका प्रिपेड मोबाइलमा समेत फोरजी सेवा विस्तार गरेको छ। आफ्नो स्थापना दिवसका अवसरमा कम्पनीले फाेरजी सेवा विस्तार गरेको हो।

माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर

नेपाल टेलिकमले माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा समेत फोरजी सेवा उपलब्ध गराउने भएकाे छ।

टेलिकमको फोरजीपुस १७ देखि

नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि पोखरा र काठमाडौंमा चौथो पुस्ता (फोर–जी) मोबाइल सेवा दिने भएको छ। दु्रतगतिमा इन्टरनेट चलाउने ग्राहकलाई लक्ष्य गर्दै टेलिकमले फोर–जी सेवा दिन थालेको हो ।

फोरजी ल्याउने तयारीमा एनसेल

काठमाडौं- दुरसञ्चार प्रदायक संस्था एनसेलले यो वर्ष आफुले डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीको पहिलो प्राथमिकता रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्