१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

टेलिकमको फोरजीपुस १७ देखि

पोखरा–नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि पोखरा र काठमाडौंमा चौथो पुस्ता (फोर–जी) मोबाइल सेवा दिने भएको छ। दु्रतगतिमा इन्टरनेट चलाउने ग्राहकलाई लक्ष्य गर्दै टेलिकमले फोर–जी सेवा दिन थालेको हो ।

टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुुसार पोखरामा फोर–जी सेवा विस्तार गर्न ‘हार्डवेयर र सफ्टवेयर’ थप्ने प्राविधिक आइसकेका छन् । ‘जनवरी १देखि परीक्षणको रुपमा हामीले पोखरामा फोर–जी सेवा सुरु गर्दैछौं। त्यही दिनदेखि काठमाडौंमापनि सुरु हुँदैछ,’ शाक्यले भने, ‘पोखराका बिटिएसमा प्रविधि जडान गर्न प्राविधिक आएका छन् । दुई दिनमै बिटिएसमा प्रविधि थप्ने काम पूरा हुन्छ ।’

काठमाडौंका बिटिएस टावरमा आवश्यक प्रविधि जडान भइसकेको उनले बताए। फोर–जी सेवादिन टेलिकम पोखरामा आइतबार रातिदेखि प्रविधि अपग्रेड (स्तरोन्नति) हुने उनले बताए। फोर–जी सपोर्टगर्ने कार्ड बिटिएसमा थपेर बाँकी काम सफ्टवेयरबाट गरिने उनले बताए । शाक्यका अनुुसार काठमाडौंमा ३ सय ६२ र पोखराममा २५ बिटिएसबाट पहिलो चरणमा फोर–जी सेवा दिइनेछ ।

पोखराका व्यापारिक केन्द्र लेकसाइड, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार, अमरसिंह, लगायतठाउँबाट पहिलो चरणमा सेवा दिइनेछ । त्यस्तै लामाचौर र सराङकोटका टावरमापनि प्रविधि अपग्रेड हुनेछ । पहिलो चरणमा पोखराका ६० मध्ये २५ बिटिएसबाट फोरजी सेवा दिने उनले बताए । ‘व्यापारिक र पर्यटकीय क्षेत्रहाम्रो पहिलो प्राथमिकता हो। त्यसपछि अन्यत्रपनि सेवा विस्तार हुनेछ,’ शाक्यले भने ।

शाक्यका अनुसार प्रत्येक टावरसँग १ हजार ग्राहकलाई सेवा दिने क्षमता छ । त्यसैले पहिलो चरणमा पोखरामा २५ हजार ग्राहकले मात्र फोर–जी सेवा पाउनेछन् । यो सेवा काठमाडौंका ३ लाख ७५ हजार ग्राहकसम्म पुग्नेछ । ‘नेपालका मोबाइल प्रयोगकर्तामध्ये करिब ४ लाखसँग मात्र फोर–जीप्रविधि सपोर्ट गर्ने मोबाइल सेट रहेको अनुमान छ । सबै सेटमा फोर–जीचल्दैन,’उनले भने, ‘कतिपय प्रयोगकर्ताले पुरानो सिमकार्ड परिवर्तन गरेपछि मात्रै फोर–जी चल्छ । तत्काल चारलाख सेटमा मात्रफोर–जी चल्छ।’

फोर–जी सेवा सपोर्टगर्ने सेट भएपनि प्रयोगकर्तासँग पुरानो सिमकार्ड भएकोले नयाँ कार्डसँग साट्नुपर्ने उनले बताए । ‘व्यावसायिक रुपमा सेवादिन थालेपछि ग्राहकलाई पुरानो सिमकार्ड साट्ने सुविधा दिन्छौं,’ शाक्यले भने, ‘टेलिकमले सेट नै बेच्ने होइन। सिमकार्डको व्यवस्था मिलाउँछ । सबैको हातमाफोर–जी सपोर्ट गर्ने मोबाइल सेट नभएकोले पनि तत्काल सबैले पाउँदैनन् ।’

प्रकाशित: ४ पुस २०७३ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App