७ आश्विन २०८१ सोमबार
image/svg+xml

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता

चीनको दक्षिण पश्चिमी क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अन्य २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ।

बालिका बलात्कार आरोपित पक्राउ

एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो. समिर अख्तर पक्राउ परेका छन्।

त्रिशूली बस दुर्घटनाका बेपत्ता परिवारमा रुवाबासी

भएको एउटै छोरा बेपत्ता बनेपछि आमा उषा अर्धचेत अवस्थामा छिन्। बुबा चन्देश्वर पनि बेलाबेलामा टोलाउने गरेका छन्।

मृतकको संख्या पाँच पुग्यो: २० बढी बेपत्ता, बस नदीबाट निकालियो

चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ।

मृत्यु हुने तीन जना एकै परिवारका , २० जना बेपत्ता (नामावलीसहित)

बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि यकिन भने भइनसकेको प्रहरीकाे भनाई छ।

सत्य निरूपण आयोगमाथि हेलचक्र्याँइ

सत्य निरूपण तथा बेपत्ता छानबिन सम्बन्धि आयोगको एक वर्ष म्याद थप गरेपछि आयोगका पदाधिकारी नहुँदा पीडितले न्याय पाएका छैनन्।

फ्रान्सेली नागरिक बेपत्ता

रसुवागढी मार्ग भएर चिनियाँ भूभागमा जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट आज बेपत्ता भएका भएका छन्।

तीन महिनादेखि राउटे युवा बेपत्ता

चार महिनादेखि हराइरहेका आफ्नो समयुदायका युवा जयबहादुर शाहीको खोजी गरिदिन राउटेले सरकारसँग माग गरेका छन्। ३७ वर्षीय शाही वैशाख २५ गतेदेखि हराएका हुन्। ‘हामीले धेरै ठाउँमा खोजी ग-यौं, फेला पार्न सकेनौं,’ राउटे समुदायका युवा प्रकाश शाहीले पत्रकार सम्मेलन गरेर भने, ‘अब सरकारले खोजी गरिदिनु प-यो।’

इन्टरपोलको सक्रियतामा बेपत्ता दिदीबहिनी भारतमा फेला

यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए।

तुरतुरे ताल फुट्याे

जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको छ।

पहिरोमा बेपत्ता दुईजना अझै भेटिएनन्

जुँगु गाउँस्थित च्वाँसेघारीको भीरबाट खसेको पहिरोका कारण ८० घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

डुंगा दुर्घटनामा २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्सको मध्यक्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ। इलोइलो र गुइमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीले आइतबार जानकारी दिएका छन्।

दोलखाको पहिरोमा हराएका भेटिएनन्

शुक्रबार राती दोलखाको जुँगुमा गएको पहिरोमा हराइरहेका दुई स्थानीय आइतबार साँझसम्म फेला पर्न सकेका छैनन्।  शुक्रबार मध्यरातमा गौरीशंकर गाउँपालिकाको जुँगुमा गएको पहिरोमा हराइरहेका ५५ बर्षिया जगतबहादुर खत्री र १८ बर्षका किशोर निशान खड्कालाई पहिरो क्षेत्रमा दुई दिन देखी खोजी कार्य जारी राखिए पनि फेला पर्न सकेका छैनन्।

पहिरोले गाउँ उठीबास, दुईजना बेपत्ता, ५० घर विस्थापित

शनिबार राति करिब ११ बजे गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित अप्लेपुका शिक्षक टीकाबहादुर खत्रीको मोबाइलमा फोन आयो – च्वाँसेघारीको भीरबाट पहिरो खस्यो, गाउँ छाडेर सुरक्षित स्थानतर्फ भाग्नू। उनी हतारिँदै बाहिर निस्के। परिवारका सबै सदस्यलाई पनि निकाले। च्वाँसेघारी भीरमुनि रहेको माथ्लो गाउँ झगडेधारोमा फोन गरेर त्यतै दौडिए। माथिबाट ठूलो आवाजमा जमिन कराउँदै पहिरो झर्दै थियो। मानिसहरू चिच्याइरहेका थिए।

सुनकोसीमा विद्यार्थी बेपत्ता

खेलिरहेको बल गुडेर खोलामा पुगेको र लिन जाँदा सुनकोसीले बगाउँदा बिहीबार एकजना विद्यार्थी बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्