२५ भाद्र २०८३ बिहीबार
image/svg+xml

भोटेकोशी बाढी : पूर्वाधार क्षेत्रमा एक खर्ब ९० अर्बको क्षति

प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब ५७ करोड लाग्ने अनुमान छ।

भूकम्पले चर्किए लोमान्थाङका सयौं घर

भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। भूकम्पले त्यहाँका घर, गुम्बा, विद्यालयका भवन चर्केका छन्। कतिपय भवन भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन्। भूकम्प पछि पनि बारम्बार धक्का महसुस गरेको स्थानीयले बताएका छन्।

नागरिकले ज्यानभन्दा समस्या ठूलो देख्न थाले, रोक्न सरकारको योजना के छ ?

नेपालमा आत्महत्याको दर निरन्तर बढ्दै गएकोप्रति राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले गम्भीर चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि राज्यको ठोस र प्रभावकारी योजना माग गरेका छन् ।

बाढीपीडितलाई युएसभी फार्माद्वारा १ करोड ५० लाख सहयोग

बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।

मधेसी समुदायलाई उपेक्षा गरेर मुलुकको शासन चल्छ ? : सांसद सिंह

उनले सदनमै सरकारतर्फ लक्षित गर्दै भने, ‘मधेसीको बलमा सरकार ठड्याउनु भएको छ, मधेसीलाई उपेक्षा गरे तपाईँको नाश लेखेको छ।’

उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत

मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गरेको छ।

प्रधानमन्त्री बालेन शाहको राष्ट्रसंघ भ्रमण स्वीकृत

सरकारले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्री शाह २०८३ असोज ६ देखि १० गतेसम्म हुने महासभामा सहभागी हुनेछन्।

भोटेकोशी बाढी : अरनिको यातायातका २९ मजदुर अझै बेपत्ता

रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन्।

हामी राजनीति सिक्न तयार छौं, अराजकता,असहिष्णुता हैन : निश्कल राई

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई सिकाउन आएको भनेर दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै प्रतिपक्षमा रहेका सबै दल सिक्न तयार रहेको बताएका हुन्।

बाढीप्रभावित नुवाकोट पुगेर देउवाले भने- पुनर्निर्माण र पुनःस्थापनामा सबै जुटौं

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै विपत्तिपछिको पुनर्निर्माण र पुनःस्थापनामा तत्काल जुट्न सबै पक्षलाई आह्वान गरेका छन्।

भोटेकोशी बाढी : पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब लाग्ने

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ।

नयाँ उद्योग मन्त्रीमा रास्वपा सांसद दीपक साह सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योग मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

मन्त्री सोबिताको माफी र गौरीकुमारीको राजीनामाबीच के सम्बन्ध ?

सरकारका दुई मन्त्री । एकले राजीनामा बुझाइन । अर्कीले माफी मागिन् । यी दुईमा केही साझा सम्बन्ध होला ?

काभ्रेका बाढीपीडित दुई वर्षदेखि टहरामै: बजेट भए पनि ‘विपद् पोर्टल’ र कार्यविधिमै अड्कियो स्थायी घर

दुई वर्षअघि बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै काभ्रेका केही परिवार अझै सुरक्षित पक्की घरमा फर्किने दिन कुरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्