२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यकीन विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।

प्राधिकरणद्वारा जारी सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेका वा फेला परेका भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरिएको छ। प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो।  

प्रकाशित: २२ कार्तिक २०८३ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App