१९ वैशाख २०८१ बुधबार
image/svg+xml

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ।

स्वास्थ्य मन्त्रीसमक्ष बिरामीका आफन्तको गुनासो: समयमै उपचार र औषधि पाइएन

चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन्।

आजदेखि एचपीभीविरुद्धको खोप लगाइँदै, यी अस्पतालमा लगाउन पाइने

सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदै छ।

ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन्।

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छः मन्त्री बस्नेत

उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ।’

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए।

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन्। उनले भने, ‘नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु।’

अतिरिक्त सचिव डा.मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङगीता मिश्रालाई नियुक्त गरेका छन्।

‘तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।

दुई वर्षभित्र सबैलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताएका छन्।

सन् २०२६ सम्ममा दादुरा निवारण गर्न खोप मगाइयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र पठाएको छ।

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ :मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ, बढाउन पहल गर्छौ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर थोरै भएकाले बढाउन पहल गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्