सिप सिक्दै दुर्गमका महिला
कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।

माओवादी खोज्दै गाउँ छिरेका तत्कालिन शाही सेनाबाट सामूहिक बलात्कारको शिकार बनेकी ४७ वर्षीया खिमा (नाम परिवर्तन) ले आफ्नो मानसिक पीडा संगै शारीरिक समस्या कसैलाई भन्न सकिनन्।
अति भए पछि एकदिन उनले पसलबाट नयाँ ब्लेड किनेर ल्याईन् अनि बाहिर झरेको पाठेघर काटेर फाल्न थालिन्। ‘दिन दिनै हुने दुखाईभन्दा एकदिनको दुखाई सहन्छु भनेर काट्न थाले तर आधी भाग काटेपछि रगत धेरै बग्यो।’ उनी आफ्नै घाउसँग डराएर चिच्याईन्, कराईन्।