८ वैशाख २०८१ शनिबार

पोखरा घुम्दै दर्जन देशका राजदूत (फोटो सहित)

विभिन्न दर्जन मुलुकका नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका छन् । आइतबार दिउँसो पोखरा आएका उनीहरुले दुईदिनसम्म पोखरामा बिताउनेछन् । पोखरा बसाईको क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाउनेछन् । पोखरा आसपासका क्षेत्रको छोटो दूरीको हाइकिङ समेत गर्नेछन् ।

मुहानपोखरी : आन्तरिक पर्यटनको केन्द्र (फोटो फिचर)

घुमघाम तथा प्राकृतिक सौन्दर्यसँग रम्न पाउने नयाँ गन्तव्य बनिरहेको सो ठाउँको मुख्य आर्कषण झरना हो।

घुमघाम नेपालमा, आम्दानी भारतलाई

हिउँद लागेसँगै मौसम खुलेको छ। आकाश निलो छ। हिमाल छर्लंग देखिन्छ। मोहित पार्ने सूर्योदयको दृश्य देख्न थालिएको छ। यसरी मौसम खुलेपछि अधिकांश नेपाली भू–भाग रहेको पर्यटकीय गन्तव्य सन्दकपुरमा पर्यटक ओइरेका छन्।

नेपालमा रिटायर्ड लाइफ बिताउने अमेरिकनहरूको चाहना

वाणिज्य दुतावास सियाटलमा नेपाल जाने भिसा लिन आउने हरेक १० जनामध्ये तीन जनाले आफ्नो रिटायर्ड लाइफ नेपालमा बिताउने चाहना व्यक्त गर्ने गर्ने गरेका छन्।

गाउँपालिका ठप्प पारी सरकारी बजेटमा पारिवारिक घुमघाम

रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल हुन्। उनका पती यहि गाउँको एक विद्यालयका शिक्षक हुन्। गाउँपालिकाले आयोजना गरेको भ्रमणमा मल्लले आफ्ना पती नरेन्द्र चन्द र दुई बच्चालाई आफुसंगै पाँच दिनसम्म विभिन्न ठाउँमा घुमाइन्। भारतको दार्जिलिङ्ग देखी नेपालका विभिन्न सहरमा भ्रमण गर्दा सबै खर्च गाउँपालिकाबाट नै व्यहोरिएको छ।

नगरपालिकाका कर्मचारी भारत घुमघाममा, सेवाग्राही मार्कामा

बरियारपुरमा रहेको महागढीमाई नगरपालिकाका प्रमुखदेखि अधिकांश कर्मचारी कार्यालयको कामकाजलाई छोडी भारत घुम्न निस्किएका छन्। दशैं बिदापछि कार्यालय खुलेको पाँच दिनसम्म नगरपालिकाका कर्मचारी कार्यालयमा नभेटिएपछि सेवाग्रहीको गुनासोमा जिल्ला प्रशासन कार्यालय बाराले बुधबार छडके जाँच गर्दा अधिकांश कर्मचारी भारत घुम्न गएका थाहा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्