२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन (फोटो फिचर)

एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका सातबुँदे माग राख्दै ६ दिनदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ ।

डा. केसीको समर्थन गर्दै भरतपुरमा प्रदर्शन

काठमाडौंमा अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गरेर उनको जीवन रक्षा गर्न सरकारसँग माग गर्दै शुक्रबार साँझ भरतपुरको चौबिसकोठीमा प्रदर्शन भएको छ । चिकित्सा क्षेत्रमा सुधारको माग राखेर डा.केसीले पाँच दिन पहिलो काठमाडौंमा आमरण अनशन सुरु गरेका छन् । उनले आमरण अनशन सुरु गरेको यो ११ औं पटक हो ।

वीरगन्जमा दिनभर प्रदर्शन

'पहिले संशोधन, बादमें निर्वाचन' भन्दै संविधान संशोधन पहिलेे होस्, त्यसपछि मात्र निर्वाचन होस् भन्ने नारा लगाउँदै राष्ट्रिय जनता पार्टीका समर्थकहरू बिहीबार बिहानैदेखि घण्टाघर चोकमा टायर बालेका छन्।

बाँदर नियन्त्रणको माग गर्दै धादिङबेसीमा प्रदर्शन

धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

पुन:मतदानको विरोधमा एमालेको प्रदर्शन

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान हुने निर्णय सुनाएको विरोधमा एमाले चितवनले शनिबार साँझ मसाल जुलुस निकाल्यो। नारायणगढ लायन्स चोकबाट निस्केको मसाल जुलुस बजार परिक्रम गर्दै पुलचोकमा पुगेर सकिएको थियो ।

फोटो पत्रकार श्रेष्ठको फोटो प्रदर्शनी शुक्रबारदेखि

फोटो पत्रकार दिपेश श्रेष्ठले खिचेका फोटोहरुको एकल प्रदर्शनी हुने भएको छ। नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु हुने प्रदर्शनीमा 'रंगिन नेपाल' थिमका फोटोहरु राखिनेछन्।

मेसीको प्रदर्शनमा बार्सिलोनालाई उपाधि

स्ट्राइर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन गर्दा शनिबार कोपा डेल रे को फाइनलमा आल्भेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद अन्त्य गर्नुका साथै प्रशिक्षक लुइस इनरिकेलाई बिदाइ पनि सुखद बनाएको छ।

स्थानीय तह चुनावको विरोधमा राजपाको प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले सदरमुकाम जलेश्वरमा आईतबार लाठि (भाँटा) जुलुस प्रर्दशन गरेको छ।

ब्राजिलमा सरकारविरुद्ध विशाल प्रदर्शन

ब्राजिलमा दशौं हजारको जुलूसले सरकारविरुद्ध विशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् ।

महिला हिंसा अन्त्यको माग गर्दै प्रदर्शन

सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् ।

महाअभियोग प्रस्तावविरुद्ध राजधानीमा प्रदर्शन

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोग प्रस्तावविरुद्ध विभिन्न संघसंस्थाले विरोध र्याली आयोजना गरेको छ। राजधानीको माइतीघरबाट सुरु भएको विरोध र्याली बानेश्वरतिर अघि बढेको छ। निषेधित क्षेत्रको अवज्ञा हुन नदिन प्रहरीहरु नयाँ बानेश्वरमा तैनाथ छन्।

महाअभियोग प्रस्तावविरुद्ध ३ बजे माइतीघरमा प्रदर्शन

प्रधान न्यायाधीशल सुशीला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्ने कांग्रेस-माओवादीको कदमविरुद्ध ३ बजे माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरिएको छ।

दिल्लीको इतिहासकै कमजोर प्रदर्शन

दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको छ। आइतबार मोहालीमा दिल्ली ६७ रनमा अलआउट भयो। जुन १० वर्षे इतिहासमा दिल्लीले पहिलो इनिङमा गरेको कमजोर प्रदर्शन हो।

दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन

दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। 'नरहे नेपाल, रहँदैनौ हामी नेपाली' भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात बेरेका थिए। पछिल्लो समय नेपाली संस्कृति र राष्ट्रियता माथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै नेपाली राष्ट्रिय पोशाक दाैरा सुरूवाललाई राज्यको तहबाट संरक्षण गर्नुपर्ने उनीहरुले माग गरे।

भूकम्पको वार्षिकीमा वृत्तचित्र प्रदर्शन

नुवाकोट रातोमाटेका भूकम्प पीडित लालबहादुरको कथामा आधारित रहेर निर्माण गरिएको वृत्तचित्र ‘लालबहादुरको कविता’ राजधानीमा प्रदर्शन गरिएको छ । विनाशकारी भूकम्पको दोस्रो वार्षिकी पारी कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा लालपुर्जाविहिन लालबहादुरको गुनासोसहितको वृत्तचित्र प्रदर्शन गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्