३ पुस २०८१ बुधबार
image/svg+xml

एआइजीमा नेपाल प्रहरीका चार जना बढुवा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको निर्णयअनुसार मन्त्रालयले प्रहरी नायव महानिरीक्षक हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठको नाम सिफारिस गरेको हो।

सुरक्षा चुनौती कम गर्न राजनीतिक दल जिम्मेवार हुनुपर्छ : पूर्व एआइजी ढकाल

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्वएआइजी) नवराज ढकालले निर्वाचनका समयमा बढ्ने सुरक्षा चुनौती कम गर्न राजनीतिक दल र सम्बन्धित उम्मेदवार जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपालमा राजनीतिक दलहरु जिम्मेवार नबन्दा सुरक्षा चुनौती थप जटिल भएको ढकालले बताए ।

अपराधमुक्त प्रदेश बनाउँछु : एआइजी चन्द

६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रणबहादुर चन्दले प्रदेशलाई अपराधमुक्त बनाउने बताएका छन् ।

सशस्त्रले एआइजी पायो, प्रहरीमा रिक्त

सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआइजी पद एकैपटक रिक्त भए पनि सशस्त्रमा मात्र पदपूर्ति भएको छ। नेपाल प्रहरीमा भने सबै एआइजी पद रिक्त छन्। फागुन २ गते सशस्त्र र प्रहरीमा संगठनको नेतृत्व र दोस्रो तहको एआइजी पद रिक्त भएको थियो।

चार एआइजी हेडक्वार्टरमा

सर्वोच्च अदालतको आदेशले गत चैतमा बढुवा भएका चारजना अतिरिक्त महानिरीक्षक (एआइजी) बिहीबार प्रहरी प्रधान कार्यालयमा हाजिर हुने भएका छन्। एआइजी यादव कोइराला, विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र पर्शुराम खत्री बिहीबार प्रहरी प्रधान कार्यालयमा हाजिर हुने भएका हुन्।

खनाल र पुनलाई एआईजीको फुली

सशस्त्र प्रहरी बल महानिरीक्षक दुर्जकुमार राईले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका शैलेन्द्र खनाल र जितबहादुर पुनलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सशस्त्र प्रहरी बल हल्चोकमा आइतबार आयोजित बिशेष कार्यक्रममा बढुवा भएका एआईजीद्धय खनाल र पुनलाई दज्र्यानी चिन्ह लगाइएको हो। विहीबार बसेको मन्त्रीपरिषद बैठकले लोकसेवा आयोगको सिफारीसमा दुबैलाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएका खनाल सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ता र पुन मद्दती तथा सेवा निर्देशनालय प्रमुखका रुपमा कार्यरत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्