३० वैशाख २०८१ आइतबार
image/svg+xml

सशस्त्रका एआइजी केसीविरुद्ध अनुसन्धान सुरु

एआइजी केसी २०७६ साउन १६ गतेदेखि २०७७ असार मसान्तसम्म सशस्त्र प्रहरी एकेडेमीको कार्यकारी प्रमुख हुँदा आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरिएको आयोगले जनाएको छ।

दुई एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ । महानिरीक्षक थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डिआइजीबाट एआइजी पदमा पदोन्नति भएका निरजबहादुर शाही र पद्युमनकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

एआइजी बढुवापछि प्रहरीमा सुधारको अपेक्षा

नवनियुक्त नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले संगठनभित्र सुधारको पहिलो संकेत दिएका छन्। प्रहरी महानिरीक्षक (आइजिपी) को जिम्मेवारी सम्हालेको एक सातापछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को बढुवा वरिष्ठताका आधारमा गरेर उनले संगठन सुधारमा सकारात्मक संकेत देखाएका हुन्। बुधबार निरजबहादुर शाही, प्रधुम्न कार्कीलाई वरिष्ठताका आधारमा एआइजीमा बढुवा गरिएको हो।

एआइजी बन्न तानातान

नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायब महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको छ।

प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा

नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा परेको छ। गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डिआइजी डा. मिनराज पाठकभन्दा कनिष्ठ डा. आशा सिंहलाई बढुवा सिफारिस गरेका कारण विवादमा परेको हो।

एआइजीलाई प्रदेश प्रहरी प्रमुखः शर्मा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

पूर्वएआइजी ऋषभदेवले भ्रष्टाचार गरेको ठहर

विशेष अदालत काठमाडौंले सशस्त्र प्रहरीका पूर्वएआइजी ऋषभदेव भट्टराईलाई नौ महिना कैद, पौने करोड बिगो र सोही बराबर जरिवाना हुने गरी भ्रष्टाचारी ठहर गरेको छ ।

एआइजीमा तीन जनाको नाम सिफारिस

गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा ३ जनाको नाम सिफारिस गरेको छ। बढुवा समिति सचिवालयको मंगलबारको बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

सशस्त्रका ५ एआइजीलाई राजीनामा दिन पुनः दबाब

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी दुईमात्र कायम गरेपछि संगठनका पाँच एआइजीलाई राजीनामा दिन पुनः दबाब परेको छ ।

पाँच एआइजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी दुईमात्रै कायम गरेपछि सो संगठनका पाँच एआइजीलाई राजीनामा दिन दबाब परेको छ। सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआइजी जानकीराम भट्टराई, निराकारामविक्रम शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दबाब दिएको हो।

नेपाल प्रहरीमा ५, सशस्त्रमा २ एआइजी प्रस्ताव

संघीय प्रहरी ऐन नबन्दै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी घटाउने भएको छ। गृह मन्त्रालयले नेपाल प्रहरीमा प्राविधिकसहित ५ र सशस्त्र प्रहरीमा दुई एआइजी राख्ने निर्णय गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेको छ।

एआइजी नबनाई डिआइजीमै सरुवा

सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) मा बढुवा नगरी एआइजीकै दावेदार रहेका डिआइजीलाई सरुवा गरेको छ।

सर्वेन्द्रले गरे आइजिपी, एआइजी र डिआइजीको विदाई (फोटो फिचर)

तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको छ। उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाई विदाई गरे।

पूर्व एआइजी राई नयाँ शक्तिबाट अलग

नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य तथा नेपाल प्रहरीका पूर्व एआइजी गणेश राईले पार्टी छाडेका छन्।

निर्वाचनमा दलहरु गैरजिम्मेवार भएः पूर्व एआइजी नवराज ढकाल

नेपाल प्रहरीको ३० वर्षे सेवा पुरागरि निवृत्त भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल निर्वाचन सुरक्षा व्यवस्थापनमा राजनीतिक दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क गर्छन् । अहिले विप्लवले नेतृत्व गरेको पार्टीबाट बाहेक अन्य समूहबाट प्रत्यक्ष सुरक्षा चुनौति देखिएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्