खेल र खेलाडीलाई एनसेलको साथ
एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको जनाएको छ।
एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको जनाएको छ।
युवा खेलाडी पुरुषोत्तम सिलवालसहित नेपालका चार खेलाडीले बुधबारदेखि सुरु एसियाली खुला बुद्धिचाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुआत गरेका छन्।
भक्तपुर आइटिएफ तेक्वान्दो संघले भारतमा सम्पन्न सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा पदकविजेता आफ्ना जिल्लाका खेलाडीलाई सोमबार सम्मान गरेको छ।
महिला विश्वकप विजेता खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्सलाई फिफाले शनिबार निलम्बन गरेको छ।
श्रृजनशील बाल सेवा परिवारमा आश्रित जुडो खेलाडी र अन्य आश्रितलाई शनिबार खाद्यान्न र विद्यालय पोशाक प्रदान गरिएको छ।
चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले आज बधाइ कार्यक्रम आयोजना गर्यो।
नेपाली खेलाडीले ललितपुरको गोदावरीमा जारी दक्षिण एसियाली बुद्धिचाल प्रतियोगिताको पहिलो चरणमा बुधबार मिश्रित नतिजा निकालेका छन्।
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्वसन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ। संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो।
पोखरा महानगरपालिका–९ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।
कास्कीमा सामुदायिक विद्यालयमा भलिबलको स्तर निकै कमजोर छ। विद्यालयदेखि नै भलिबल खेलाडी उत्पादन गर्ने ध्येय कास्की जिल्ला भलिबल संघको छ। संघले भलिबल प्रतियोगिता मात्रै नभई भलिबलको आधारस्तम्भ नै विद्यालयदेखि नै बनाउनुपर्छ भन्ने बुझेको छ। त्यही बुझाईलाई सार्थकता दिन कास्की जिल्ला भलिबल संघले दुई सामुदायिक विद्यालयका छात्र तथा छात्रालाई भलिबल छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कोरोना विरुद्धको खोप लगाएका खेलाडीहरुलाई कार्ड हेरेर प्रशिक्षण गराउन सकिने बताएका छन् ।
कोरोना विरुद्ध खोप लगाएपछि अब प्रशिक्षणमा सहज भएको खेलकर्मीले बताएका छन् । पोखरा रंगशालामा शुक्रबार खेलाडीले कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएका छन । खेलाडीले दोस्रो चरणमा खोप लगाएपछि खेलकुद गतिविधिमा केही सहज भएको उनीहरुको भनाई छ ।
जुम्लाकी राममाया बुढा राम्रो संभावना बोकेकी एथ्लेटिक्स खेलाडी हुन्। उनी एकाबिहानै जुम्ला चन्दननाथ नगरपालिका ५ स्थित सिमाचौरमा प्रशिक्षणका लागि आउँछिन्। घरबाट निस्कँदा खेलमैदान राम्रो होस्। हिलो नहोस भन्ने चाहन्छिन्। तर खेलमैदानमा पुग्दा हिलोले निकै सास्ती दिने गरेको छ।
लामो समयको प्रतिक्षापछि कास्कीका विभिन्न खेलका खेलाडीहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ। पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन्।