२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली चार खेलाडीलाई चेसमा सफलता

युवा खेलाडी पुरुषोत्तम सिलवालसहित नेपालका चार खेलाडीले बुधबारदेखि सुरु एसियाली खुला बुद्धिचाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुआत गरेका छन्।

नेपाल बुद्धिचाल महासंघको आयोजना हेटौडामा सुरु भएको एसियाली खुला बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालसहित एआइएम सुश्रुत दाहाल, धीरेन राई र टेक राईले जित निकालेका हुन्।

नेपाल बुद्धिचाल महासंघ, नेपाल खेलकुद महासंघ, हेटौंडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो।

बुधबार भएको पहिलो चरणकै खेलमा नेपालका पूर्वच्याम्पियन सिएम पुरुषोत्तम चौलागाई भारतीय खेलाडी पीयूष कुमारसँग बराबरीमा रोकिए।

नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल १४३३ रेटेड भारतीय खेलाडी पंकज बोर्सेसँग पराजित भए। भारतीय खेलाडी सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकिल, आइएम महमद मिजाउदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नइम हक, भारतीय एफएम अरविन्दरप्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन खेलाडी डब्लुआइएम सचिनी रणसिंघेले पहिलो चरणको खेलमा बाजी मारे। प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका छन्।

प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले संयुक्त रूपमा चेस गोटी चालेर गरेका थिए।

सदस्यसचिव भण्डारीले बागमती प्रदेशस्तरमै चेसलाई पाठ्यक्रममा राख्न आफू लागि परेको बताए।  

प्रकाशित: १४ मंसिर २०८० ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App