२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ।

चिट्ठा परे भाषा परीक्षा

एकैचोटि ठूलो संख्याका आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने सूचना जारी गरेको हो। अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ।

शिक्षक सेवा आयोगको प्रश्नपत्रमा गम्भीर त्रुटी, प्रश्नपत्रमै उत्तर हाईलाईट

शिक्षक सेवा आयोगले शुक्रबार लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा परीक्षार्थीलाई वितरण गरेको वस्तुगत प्रश्नपत्रमा गम्भिर त्रुटी भेटिएको छ।

कक्षा ११ को नतिजा सुधार हुन सकेन

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकासित गरेको कक्षा ११ को परीक्षाफलमा ए प्लस ग्रेड अर्थात ९० प्रतिशत अंक कटाउने विद्यार्थीको संख्या एक प्रतिशत पनि पुगेन। बोर्डले प्रकाशित गरेको परीक्षाको नतिजामा नियमिततर्फ कुल ३ लाख ४९ हजार ६ सय परीक्षार्थी सहभागी थिए। जसमध्ये जिपिए ३.६१ – जिपिए ४ प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार ३ सय १९ मात्र रह्यो। अर्थात, ए प्लस ग्रेड ल्याउनेको प्रतिशत ०.६६ मात्र रह्यो।

कक्षा ११ को परीक्षाफल प्रकाशित,कसले कति ग्रेड ल्याए?

यो वर्षको कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । १० बजे बसेको राष्ट्रिय परीक्षा बोर्डलेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेलगत्तै परीक्षाफल प्रकाशित भएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले बताए।

कक्षा ११ को परीक्षाफल प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गर्ने तयारी गर्ने तयारी जुटेको छ। बोर्डका अनुसार आज बिहान ११ बजेभित्र परीक्षाफल प्रकाशित गरिने तयारी रहेको छ। यो वर्ष संचालित भएको उक्त परीक्षाफलमा कुनै त्रुटी नहुन दिन वृहत तयारी गरिएको छ।

नर्सको नाम दर्ता परीक्षा ३० गते

नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ।

विद्यालय तहको नयाँ पाठ्यक्रम पारित

सरकारले विद्यालय तहको नयाँ पाठ्यक्रम पारित गरेको छ। राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको विद्यालय तहको नयाँ पाठ्यक्रम भदौ २० गतकोे मन्त्रीस्तरीय बैठकले पाठ्यक्रम पारित गरेको हो। कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने निर्णय पनि गरिएको छ। यसअघि उक्त कक्षाको अन्तिम परीक्षा स्कुलले लिने कि बोर्डले भन्ने अन्योल रहँदै आएको थियो। यो निर्णयपछि कक्षा ११ र १२ को अन्तिम परीक्षाको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले पाएको छ। कक्षा १० को परीक्षाको जिम्मेवारी भने प्रदेश सरकारलाई दिइएको छ।

सर्वोच्चको आदेशपछि एमबीबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित भएको छ।

सर्वोच्चले रोक्यो शनिबार हुने एमबीबीएसको प्रवेश परीक्षा

त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा सर्वोच्च अदालतले तत्काल स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ।

मेडिकलको प्रवेश परीक्षा तोकिएकै मितिमा

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का विद्यार्थीले साझा प्रवेश परीक्षाको माग राख्दै गरेको तलाबन्दी बुधबार तोडिएको छ।

जापान रोजगारीः कात्तिकमा परीक्षा

जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ। जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो। पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो।

विद्यार्थीभन्दा निरीक्षक धेरै

अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ। दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ। जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ।

एसइईको ग्रेडवृद्धि परीक्षा शुरु

माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ।

सिटीइभिटीको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

वीरगन्ज १५, भेंडियाहीस्थित नेशनल मेडिकल कलेजस्थित परीक्षा केन्द्रमा चलिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षाबाट प्रहीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरको छ। उनीहरुले अरु ब्यक्तिको नाममा परीक्षा दिरहेको भेंटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्