२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कक्षा ११ को परीक्षाफल प्रकाशन गर्ने तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गर्ने तयारीमा जुटेको छ। बोर्डका अनुसार आज बिहान ११ बजेभित्र परीक्षाफल प्रकाशित गरिने तयारी रहेको छ। यो वर्ष संचालित भएको उक्त परीक्षाफलमा कुनै त्रुटी नहुन दिन वृहत तयारी गरिएको छ।

१० बजे बस्न लागेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेलगत्तै परीक्षाफल प्रकाशित हुने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले बताए।। उनका अनुसार बिध्यार्थीले भने १२ बजे परीक्षाफल हेर्न सक्नेछन् ।

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

प्रकाशित: ७ आश्विन २०७६ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App