४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सीमामा अवैध कारोबार बढ्दो

सप्तरीसँग जोडिएको भारतीय सीमा नाकाहरूबाट प्रतिबन्धित लागुऔषधको अवैध कारोबार ह्वात्तै बढेको छ। लागुऔषध प्रयोगकर्ताहरू मात्रै नभई पछिल्लो समय संगठित रुपमै लागुऔषधका तस्करहरूले पनि सप्तरीका नाकाहरूलाई प्रमुखतासाथ प्रयोग गरिरहेको प्रहरी निकट स्रोतको दावी छ।

सेनाका मेजरसहित दुई जनालाईं लागूऔषधमा मुद्धा

ब्राउन सुगर कारोवारीमा संलग्न भएको आरोपमा सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका मेजरसहित दुई जनालाईं प्रहरीले मुद्धा चलाएको छ।

सेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आइतबार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ।

शेयर बजार : नेप्सेमा सामान्य सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ।

तातोपानी नाकाबाट सामग्री आयात हुन थाल्यो

एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जाड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन थालेका छन्। पछिल्लो एक साताबाट सुरु आयात कारोवार बिस्तारै बढ्दै गएको छ।

साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार

धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ।

हुण्डी कारोवार गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने २२ वर्षीय को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन्।

नेप्सेमा छ अंककाे वृद्धि

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ।

गुल्मीका पत्रकारले धर्नासँगै बुझाए ज्ञापनपत्र

विद्युतीय कारोवार ऐन दफा ४७ र ४८ खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरु धर्ना बसेका छन। जिल्ला प्रशासन कार्यालय गुल्मीको गेटमा पत्रकार महासघ गुल्मी शाखाको आयोजनामा गुल्मेली पत्रकारहरु बिहिवार एक घण्टा धर्ना बसेका हुन।

शेयर बजार : सामान्य अङ्कको सुधार

लगातार घट्दै आएको शेयर बजार साेमवार भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर रु २४ करोड २६ लाख ५९ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन्।

शेयर बजार : सात अङ्कले घट्यो

पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार साेमवार भने घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ। परिसूचक घटे पनि कारोवार रकम भने बढेको छ। कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरिद बिक्री भए।

शेयर बजार दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ।

दोहोरो अङ्कले बढ्यो शेयर बजार

आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ।

शेयर बजारमा सामान्य सुधार

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलवार सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ। कुल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२ लाख ३१ हजार ४४३ मूल्यमा खरीद बिक्री भए।

दोहोरो अंकले घट्यो नेप्से

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ लाख ९७ हजार ५६९ बराबरको खरीद बिक्री भएको छ। कारोवार भएका कूल दश उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर बढेको छ। सो उपसमूहको शेयर ३३.२ विन्दुले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्