४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन। निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो। नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ। स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३.३४ विन्दुले बढेको छ।

शेयर बजारमा २२ अंकको वृद्धि

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ।

‘मणिकर्णिका’को सन्तोषजनक व्यापार

बलिउड क्वीन कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ले ६० करोड भन्दा बढीको कारोवार गरेको छ। फिल्मले अपेक्षित व्यापार गरेपछि कंगनाले सक्सेस पार्टी समेत आयोजना गरेकी छिन्। ट्रेड एनालिस्ट तरुण आर्दशका अनुसार मणिकर्णिकाले शुक्रवारसम्म भारतमा कुल ६४.६५ करोड कारोवार गरेको छ। यो आँकडा हिन्दी, तमिल, तेलगु भर्सनको हो।

साताको शेयर बजार : एक अर्ब २९ करोडको कारोवार

धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरीद बिक्री भएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झ-यो। स्टकका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए।

दोहोरो अंकले घट्यो शेयर बजार

धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

शेयर बजारः ७.६ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ७.६ बिन्दुले बढेर ११ सय४८.७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६४ बिन्दुले बढको छ।

लागुऔषध कारोवारी पक्राउ

सीमावर्ती भारतीय बजार क्षेत्रबाट आवत जावत गर्ने शंकाष्पद युवाहरुलाई नियमित चेकजाँचको क्रममा सोमवार साँझ तीन जना कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।

सातामा एक अर्ब बढीको शेयर कारोवार

धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७ दशमलव ५० बिन्दुमा रहेको कारोवार मापक नेप्से साताको अन्तिम दिन घटेर एक हजार २२० दशमलब ९८ बिन्दुमा पुगेको छ।

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

नयाँ आर्थिक वर्ष, कारोवारमा अनलाईन प्रणालीको अभ्यास तथा मौद्रिक नीतिको कार्यान्वयन जस्ता अवस्थाबीच नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साता ऋणात्मक रह्यो।

शेयर कारोवारमा अनलाइन प्रणाली

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज मंगलवारदेखि शेयरको अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको छ। यो प्रणाली पूर्णरुपमा सञ्चालनमा आएमा शेयर खरिद बिक्री घरबाटै गर्न संभव हुनेछ।

१ करोड १५ लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

पर्सा प्रहरीले मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा एक व्यापारीलाई नियन्त्रणमा लिएको छ।

आलु महोत्सवमा ८० लाखको कारोवार

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ ।

लागुऔषध कारोवार मुद्दामा फरार एभरेष्ट होटलका मालिक लारी पक्राउ

लागुऔषध तस्करीको मुद्दामा फरार एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ परेका छन्। लारी बिहीबार विहान महाराजगञ्जबाट पक्राउ परेको महानगरीय प्रहरी आयुक्त कार्यालयका एआइजी जयबहादुर चन्दले पुष्टि गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्