१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन्।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो।

अझै खुलेन कालीगण्डकी करिडोर

भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

कालीगण्डकीमा नुहाउन गएका एकजना बेपत्ता

तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन्।

केराका थामबाट हस्तकलाका सामग्री

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ।

कालीगण्डकी करिडोर २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ।

कालीगण्डकी प्रशारण लाइनको अवरोध हटाउने प्रयास

नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ।

कालिगण्डकी नदी सुकाएर विद्युत उत्पादनको चलखेल

म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठूलो पहिरोमा बाँध राख्ने गरी बेनी कालीगण्डकी जलविद्युत आयोजनाले प्रस्तावित ५०.५३ मेगावाट क्षमताको विद्युत आयोजना निर्माणका लागि गुपचुप विभिन्न अध्ययनहरू गरेको पाइएको छ।

‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’

नेपालमा कालीगण्डकीको सभ्यता निकै पुरानो मानिन्छ। धार्मिक महत्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलवाड गर्न नहुने सरोकारवालाको तर्क छ।

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित र्‍याफ्टिङ सञ्चालन गरेको हो। पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताए।

कालीगण्डकीको म्याग्दी क्षेत्रमा नियमित जलयात्रा सञ्चालन गरिने

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (र्‍याफटिङ्ग) सञ्चालन गरिने भएको छ।

कालीगण्डकी करिडोरसँगको पहुँचमार्ग कलोपत्र गरिने

यसअघि उक्त सडक कालोपत्र गर्ने काम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो। यसबीचमा एक किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्