१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लघुवित्तमा साढे १६ हजारलाई रोजगारी

धनगढी स्थायी घर भई हाल नयाँबानेश्वर बस्ने जनकराज पाठकले गत वर्ष अधिकृत श्रेणीका लागि लघुवित्त वित्तीय संस्थामा निवेदन दिएका थिए । लिखीत परिक्षामा उत्तीर्ण भए पनि मौखिकमा उनले सफलता हात पार्न सकेनन् ।

मलेसिया रोजगारीका विसंगति

डेढ वर्ष अघिदेखि बन्द मलेसिया रोजगारी पुनः खुलेको छ। नेपाल र मलेसियाबीच भएको नयाँ श्रम सम्झौताअन्तर्गत अब मलेसिया जाने कामदारले पहिलेजस्तो म्यानपावर व्यवसायी र रोजगारदाता कम्पनीबाट ठगिनुनपर्ने विश्वास नेपाल सरकारको छ। कार्यान्वयन पक्षमा देखिने चुनौती र जटिलता सामना गर्न सक्ने हो भने नेपाली श्रमिकको हितमा यो नयाँ श्रम सम्झौता कोसेढुंगा साबित हुन सक्ला। तर मलेसिया रोजगारीमा जोडिएका सबै समस्या यो श्रम सम्झौताले सम्बोधन गर्न भने सक्दैन। जसको सुधारका लागि नेपाल पक्षले आगामी दिनमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

पहिलो चरणमा नर्सिङ केयरगिभर

नर्सिङ केयरगिभरका लागि अक्टोबर २७, २८ र २९ गते जापानी भाषाको परीक्षा मिति तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अघिल्लो वर्ष जापानको मन्त्रिमण्डलले नेपाललगायत विभिन्न नौ मुलुकबाट १४ क्षेत्रमा काम गर्ने श्रमिक आपूर्ति गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य परीक्षण शुल्क पहिलो महिनाको तलबमा

मलेसिया जाँदा श्रमिकले स्वास्थ्य संस्थाले तिरेको शुल्क रोजगारदाताले पहिलो महिनाको तलबसँगै उपलब्ध गराउने भएका छन्। श्रमिकको शून्य लागतमा मलेसिया सुचारु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ महिनापछि खुलेको रोजगारीलाई प्रस्ट पार्दै श्रमिकसँग जथाभावी शुल्क उठाए कारबाहीसमेत गर्ने जनाएको छ।

शून्य लागतमा मलेसिया सुरु

चार दिनअघि नेपाल र मलेसियाका अधिकारीबीच क्वालालाम्पुरमा भएको सहमतिपछि आइतबारदेखि सून्य लागतमा मलेसिया रोजगारी सुरु भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले श्रमिक मलेसिया पठाउँदा आतेजाते हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका शुल्क रोजगारदाताले बेहोर्ने बताए।

भारतमा नेपाली युवकको रोजगारी

रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् ।

वीरगन्जमा रोजगारी पसल : ‘यहाँकाम र कामदार पाइन्छ’

रोजगारीको खोजीमा रहेकाहरु र रोजगारदातालाई एक अर्कासंग भेंटाउने कडिको रुपमा काम गर्ने उदेश्यले वीरगन्जमा रोजगारी पसल सुरु भएको हो । यस उदेश्यका लागि काम गरिरहेको कम्पनी रोजगारी सर्भिसले ‘युकेएड’ र ‘सिप’परियोजनाको सहकार्यमा रोजगारी पसल स्थापना गरेको हो । पसलको स्लोगन छ, ‘यहाँकाम र कामदार पाइन्छ ।’

मलेसियामा नेपाली श्रमिकका चुनौती

नेपाल जस्तै रमणीय हावापानी भएको मलेसिया नेपाली बेरोजगार युवाहरूका लागि एउटा प्रमुख श्रम बजार बनेको छ। नेपालबाट पहिलोपटक मलेसिया जाने जो कोही त्यहाँ पाइलैपिच्छे नेपाली भेट्दा आश्चर्यचकित हुन सक्छ। विश्व प्रख्यात पेट्रोनास ट्विन टावरको फेदीमा दर्जनौँ नेपाली सुरक्षा गार्ड भेटिन्छन्। विशाल सपिङ कम्प्लेक्स ‘केएलसिसी’ भित्र पनि चिटिक्क परेको पोसाकमा हँसिलो अनुहारका नेपाली सुरक्षा गार्ड नै देखिन्छन्। हजारौँ कम्पनीमा नेपाली मजदूर भेटिन्छन्। कैयौँ बस्ती देखिन्छन् जहाँ नेपाली एकीकृत भएका हुन्छन्। तैपनि मलेसियामा कति नेपाली कार्यरत छन् भन्ने एकीन तथ्याङ्क छैन हाम्रो सरकारी निकायसँग। श्रमिक भिसामा बाहेक अन्य भिसामा पनि नेपाली मलेसिया जाने र भिसा सकिएपछि पनि अवैधानिकरूपमा त्यहाँ बस्ने भएकाले एकीन तथ्याङ्क पाउन नसकिएको हो।

निर्णय शुक्रबार

करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीचको दोस्रो दिनको छलफल बुधबार सकिएको छ। यसको निर्णय भने भोली (शुक्रबार) सार्वजनिक गरिने बताइएको छ। मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्राजयमा भएको संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो।

फुक्ला त गाँठो ?

करिब १६ महिनादेखि रोकिएको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच मंगलबारदेखि छलफल सुरु भएको छ।

जापान रोजगारीः कात्तिकमा परीक्षा

जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ। जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो। पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो।

मलेसिया सुचारुमा सहमति नजिक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य संस्थालाई मलेसियन सरकारले अनुगमनपश्चात सूचीकरण गर्ने जवाफ फर्काएपछि मलेसिया रोजगारी सुरु गर्न सहमति जुटेको हो।

बाजेको सेकुवाको १२औं शाखा कुमारीपाटीमा, २० जनालाई रोजगारी

लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १२ औं शाखा ललितपुरको कुमारीपाटीमा सञ्चालनमा आएको छ।

अब आर्थिक सहायता स्थानीय तहबाटै

सरकारले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरी वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरेको हो।

श्रम समितिले खोल्यो घरेलु कामदारलाई पुनः श्रम स्वीकृती

वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। यससँगै पुनः श्रम स्वीकृतीको बाटो खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्