२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

इमानदारीले जोडिंदैन सम्पत्ति भन्नेलाई देखाउनु छ

उठाउनु छ आफ्नो बोझ आफैं अरूको के भर पर्नु यार, कमाउनु छ चार आना जग्गा बाबुको के भर पर्नु यार। इमानदारीले जोडिंदैन सम्पत्ति भन्नेलाई देखाउनु छ, सुका जोड़े रुपैयाँ बन्छ बेइमानी पो के छ र गर्नु यार।

माइलाको छोरो

दाजुभाइको त राम्रै मिल्ती थियो तर अर्काका छोरीहरू मिल्न सकेनन्। आखिर बेग्लाबेग्लै बस्नुपर्ने भयो। कान्छालाई बजैले रोजिन्। माइलो नै निस्कनुपर्ने भयो। आँगन पल्लापट्टि झुप्रो बारियो र त्यतै बस्न थाल्यो।

कसैको आँखा लागेको छ

त्यस्तै दृढताले टुक्रामाथि टुक्रा थप्दै एक सूत्रमा बाँधेर लामो र ठूलो माला ठड्याएको आज त्यो माला लुलो बनेको छ यसमाथि लोभी नजर लागेको छ गाँसिएको एक सूत्रको मालामा गिद्धे नजर लागेर आज यो कमजोर भएको छ।

मान्छे खबर गरी–गरी आउँछन् दुःख दिन

राम्रो काम गर्नुस् लाजसर्म नै झुकोस्,यै दुनियाँलाई देखाउने उज्यालो रहेछ। मान्छे खबर गरी–गरी आउँछन् दुःख दिन,सुटुक्क आई दुखाउने त भुईचालो रहेछ।

गल्ती–दोषहरू लुकाउने म त्यो कुनै नकाब होइन...

आफ्नो मुख–मुहार सधैं उही एउटै राख्दछु,गल्ती–दोषहरू लुकाउने म त्यो कुनै नकाब होइन...।अनुशासन अनि नैतिक बन्धनमा बाँधिएको छु, नदीझैं निरन्तर मस्त बगिरहने म त्यो बहाव होइन...।

तिमी मेरै हौ जस्तो लाग्छ किनकिन

तिमी मेरै हौ जस्तो लाग्छ किनकिन, मनमा हरदम तिम्रै मात छ किनकिन। तिमीलाई सम्झेपछि केके हुन्छहुन्छ,अचानक बाँच्ने मोह जाग्छ किनकिन।

स्वदेशको कमाइले नचल्ने भो जीवन

हाहाकार छ जतातै कोलाहल व्याप्त,सडकको व्यापारमा छ जिन्दगानी मेरो। स्वदेशको कमाइले नचल्ने भो जीवन, खाडी पस्ने हतारमा छ जिन्दगानी मेरो।

क्षमता

कठोर पत्थर जस्तो मनलाई पनि एकै बोलीले मैनझैं पग्लाइदिने छात्ती खोलेर हुन्न भन्नेलाई पनि नजर झुकाई हुन्छ भन्न लाउने तिमी।

साकुरामा पलाइरहेका ऐंजेरुहरू

‘देखिहाल्नु भो’ सर हुम्लामा आगोले पोल्दैन, हिउँले पोल्छ। जाडोमा त माइनस पच्चीस डिग्री खप्नुपर्छ। जता हे र्‍यो त्यतै हिउँ। जता टेक्यो त्यतै हिउँ। हावामा हिउँ। घाममा हिउँ। हिउँबाट बच्न पनि त चाहियो नि ‘आराक’ - अर्का झुम्मनले अर्को एक ग्लास सुठ्ठयाएर र साहुनीको पुठालाई औंलाले गिजोल्दै सोधे- ‘कि कसो ‘आँगा

नियात्राको अब्बल कृति यायावर पाइला

उनले लेखेका प्रायः सबै नियात्रा लामा भए पनि मीठा छन्। नेपाली साहित्यमा नियात्रा र संस्मरण सबै खाले लेखक र पाठकले लेख्ने र पढ्ने विधाका रूपमा दरिंदै आएका विधा हुन्। विषयवस्तुका विविधता, सरल भाषाशैली र शीर्षक सार्थक रहेकाले पोखरेलका यी नियात्राहरू पढेर नसकुन्जेल कौतूहलले चिमोटिरहने र पाठकलाई आफू पनि लेखकसँगै यात्रा गरिरहेको अनुभूति गराउने खालका छन्। जब उनी नेपाल घुम्छन् केही देख्ने रहरले, केही भोग्ने रहरले पनि घुम्ने गर्छन्।

विज्ञानको जयजकार

विज्ञानले नुन, तेल, चामलदेखि औषधिसम्मको प्रयोगको अन्तिम मिति पत्ता लगायो। रक्सी जति पुरानो उति उत्तम भनियो। विज्ञानले रक्सीको सट्टा त्यो पिउने मानिस एक्सपायर हुने तथ्य पो पत्ता लगायो। तपाईंलाई पनि कताकता कन्फ्युज्ड नै लाग्दैन?

चक्र

‘हे नयाँ बिहानीको पर्खाइमा बसेका मेरा बन्धुहरू! म तपाईंरूका लागि आशाको पोको ल्याएको घोषणा गर्छु।’ माथिबाट सुमधुर आवाज आयो। उनीहरू सम्मोहित भए।

मरेर त हेर! मरेर त हेर मर्न कति गाह्रो हुन्छ!

ए! अर्कालाई मार्न र मराउनमा रमाउनेहरू हो आफैं मरेर त हेर, मर्न कति कष्ट हुनेछ आफन्तको मृत्यु सहेर त हेर, मृत्यु कति पीडादायी हुन्छ भनेर

राजनीतिक रफ्तार

फर्केर हेर्दा दुई हात सिक्रीले जोडेर गिरफ्तार भएर आइरहेको देखियो। मेरो विकास हेर्ने अभिलाषा (सपना) सुरक्षाकर्मीले दिएको पहरा र अंगरक्षक बिचबाटै भीरबाटै खसालिदियो।

आमा त भन्नुहुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा!

रक्षक नै भक्षक भएर आउँछ र दिक्क लाग्छ, भरिएको देख्नै हुन्न रित्याउँछ र दिक्क लाग्छ।आमा त भन्नुहुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा! यहाँ त उसले चाखेरै सिध्याउँछ र दिक्क लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्