२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कसैको आँखा लागेको छ

कविता

रञ्जुश्री पराजुली

 

तानतुन गरेर जोडेको

बल,बुद्धि र परिश्रमले

रंगीचंगी फूल फुलाउँदै

मगमगी वास्ना फिंजाएको

परिश्रमका मोती बटुल्दै

एकमाथि एक गर्दै मित्रताको

हातेमालो गाँसेको

दृष्टिसापेक्षमा नजर

घुमाउँदै जुँगामा ताउ दिएको

कम्मरमा बाँधेको पटुकीमा

घुसारिएको गोर्खे हतियार

सुमसुम्याउँदै मुस्कुराउँदै

फिंजिएका औलाहरूलाई

बलियो मुठीमा कसेको

भोक लागेको बेला हतारिंदै

मुखमा हालेको तातो गाँसले  

पोल्दा झल्याँस्स भएको

त्यस्तै दृढताले

टुक्रामाथि टुक्रा थप्दै

एक सूत्रमा बाँधेर

लामो र ठूलो माला ठड्याएको

आज त्यो माला लुलो बनेको छ

यसमाथि लोभी नजर लागेको छ

गाँसिएको एक सूत्रको मालामा

गिद्धे नजर लागेर

आज यो कमजोर भएको छ।  

प्रकाशित: २० माघ २०७८ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App