१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मृतकको संख्या पाँच पुग्यो: २० बढी बेपत्ता, बस नदीबाट निकालियो

चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ।

मृत्यु हुने तीन जना एकै परिवारका , २० जना बेपत्ता (नामावलीसहित)

बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि यकिन भने भइनसकेको प्रहरीकाे भनाई छ।

दुर्घटनामा भारतीय नागरिकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी उदयपुरकी एक बृद्धाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका चुहाडेदेखि गाइघाटतर्फ आउँदै गरेको स ५ प ३६३७ नं. को मोटरसाईकलले ठक्कर दिँदा सोही वडाकी ७० वर्षीया मनमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

डुंगा दुर्घटनामा २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्सको मध्यक्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ। इलोइलो र गुइमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीले आइतबार जानकारी दिएका छन्।

तनहुँमा बस दुर्घटना

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ।

वन्यजन्तुलाई सडककै जोखिम

निकुञ्ज तथा संरक्षित क्षेत्रका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ। राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ।

युएस–बंगला एयरलाइन्ससँग २ अर्ब क्षतिपूर्ति दाबी

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले सन् २०१८ मार्चमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (टिआइए)मा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सात मृतकका हकवालाले उक्त एयरलाइन्स कम्पनीविरुद्ध करिब सवा दुई अर्ब क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको बताए।

छुटाछटै दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका ८ चरेलीमा भएको दुर्घटनामा परी एक जना र अरनिको राजमार्ग अन्तर्गत गठाघरमा भएको दुर्घटनामा एक जना गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पाकिस्तानमा सैनिक विमान दुर्घटना, १८ जनाको मृत्यु

पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

अष्ट्रेलियामा दुई नेपालीको कार दुर्घटनामा मृत्यु

अष्ट्रेलियाको कुमामा आइतबार भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्। उनिहरुको अझै पहिचान हुन सकेको छैन।

दुर्घटनामा एकको मृत्यु पाँच घाइते

ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को पृथ्वी राजमार्गस्थित फिस्लिङमा आइतबार बिहान ट्रक र बस ठोक्किदाँ एक जनाको ज्यान गएको छ।गौरबाट भैंसी लिएर काठमाण्डौं जाँदै गरेको ना ७ ख २५६१ नम्बरको ट्रकको पछाडी काँकडभित्ताबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४८१९ नम्बरको बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

भक्तपुरको सूर्यविनायकमा शनिबार भएको सवारी दुर्घटनामा परी एकजना बालकको मृत्यु भएको छ। काठमाडौंबाट भक्तपुरतर्फ आउँंदै गरेको एउटा मोटरसाइकलले पैदल यात्री ९ वर्षका दिप श्रेष्ठलाई ठक्कर दिंदा बालकको मृत्य भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्