२० आश्विन २०८१ आइतबार
image/svg+xml

करोडौं खर्च हुँदा पनि बनेन सार्वजनिक शौचालय

अधिकांश घरधुरीमा शौचालय नै निर्माण नभएको अवस्थामा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी थालिएको छ ।

शौचालयबिहीन खानेपानी कार्यालयलाई सुविधासम्पन्न भवन

उदयपुर सदरमुकामस्थित ‘त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)’ ले सुविधासम्पन्न भवन पाएको छ । ०५३ सालदेखि शौचालयवबिहीन र भूकम्पले भत्केको धराप घर भाडामा लिएर बस्दै आएको समितिले स्थापनाको २० वर्षपछि सुविधासम्पन्न पक्की भवन पाएको हो।

शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको उद्धार

चितवनको सौराहास्थित शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको आज बिहान सकुसल उद्धार गरिएको छ।

खानेपानी कार्यालय नै शौचालयविहीन

सार्वजनिक सरोकारको कार्यालय भएकाले बिहान ९ः०० नबज्दै सेवाग्राहीहरू लाइन लागिसकेका हुन्छन्। १०बजेपछि दर्जन हाराहारी कर्मचारी र त्यत्तिकै संख्यामा संस्थाका पदाधिकारी कार्यालय आउँछन्। कार्यालय अवधिभरी पैसा तिर्न र अन्य काम लिन आउने सेवाग्राही र आगन्तुकलाई दिसा–पिसाब लाग्यो भने चाँहि दायाँबायाँका घर कि झाडी चाहार्नुपर्ने बाध्यता छ।

महिनावारी हुँदा शौचालय जान पाइदैन

अछामको नन्देगडाकी १६ वर्षीया रमिता साउँदको घरमा शौचालय बनेको छ । घरका सबै सदस्य सधैं शौचालय नै प्रयोग गर्छन्, तर रमितालाइ भने महिनामा पाँचदिन शौचालय प्रयोग गर्ने अनुमति छैन । त्यसो हुनुको एउटै कारण हो उनी महिनावारी हुने गर्छिन् ।

लुम्बिनी, पोखरा रुटमा शौचालय भएको बस सेवा, भाडादर २० डलर

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।

शौचालय सफा गर्दागर्दै मृत्यु

शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर आज मृत्यु भएको छ।

शौचालयलाई भोटको एजेन्डा बनाउँदै मतदाता

पूर्वाधार र विकल्पविना नै विभिन्न गाउँलाई खुला दिशामुक्त घोषणा गरेपछि रौतहटका विभिन्न गाउँका मतदाताले शौचालयलाई नै भोटको एजेन्डा बनाएका छन्। एनजिओहरुसित मिलेर गाउँलाई खुला दिशामुक्त घोषणा गरिएको र सर्वसाधारण गरिबले दुःख पाउन थालेपछि निमुखाहरुले चुनावको एजेन्डा यसैलाई बनाउन थालेका छन्।

काठमाडौं–पोखरा, लुम्बिनी रुटमा रेष्टुराँ र शौचालय भएको बस सेवा

नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले शौचालय र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ। ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो।

शौचालयसहितको बस सेवा सुरु

उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ ।

'घर'भन्दा पहिले ‘शौचालय’ बनाउँदै एनजिओ

भूकम्प पीडितहरुको पुनस्र्थापना र पुनर्निर्माणमा सघाउन धादिङका गाउँ पसेका गैरसरकारी सँस्थाहरु पीडितको घरभन्दा पहिले शौचालय बनाउन व्यस्त छन् ।

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाल सरकारले कम्तिमा स्वास्थ्य संस्था र स्कूलहरुमा तत्काल सफा खानेपानी र शौचालयको सुविधा पुर्याउने गरी काम सुरु गरिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

महानगरमा बन्दैछन् १३० सार्वजनिक शौचालय

काठमाडौं महानगरपालिकाले करिब १ सय ३० वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। महानगरपालिकाभित्र खाली सार्वजनिक जमिनमा शौचालय निर्माण गर्ने महानगरले जनाएको छ ।

शौचालयको पैसा उठाउँछन् सरकारी कर्मचारी

सरकारी कार्यालयमा काम लिएर गएका सेवाग्राहिले निशुल्क रुपमा शौचालय प्रयोग गर्न पाउनुपर्ने हो तर काठमाडौं उपत्यकामा सञ्चालित कतिपय सरकारी कार्यालयहरु यस्ता पनि छन् जसले कार्यालय भित्रकै शौैचालय प्रयोग गर्दा शुल्क उठाउँछन्।

पोखरा-काठमाडौं रुटमा शौचालय सहितको बस

काठमाडौं—काठमाडौँदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्