२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नारायण कोइरालाका पाँच लघुकथा

धान झुलेको खेतमा नेता आए। किसानहरूले नेतालाई स्वागत गरे। नेताले भोट र नोटको कुरा गरे। किसानहरू चोट र भोकको। चुनावको दिन किसानहरूले मतदान केन्द्रमा होइन खेतमा धान काटे। नेता बाँझो खेत भए।

विद्रोहको आगोमा ‘सपनाको प्रतिस्पर्धा’

देशको आन्तरिक विषय वा सौन्दर्यलाई कवितामा प्रस्तुत गरेर विश्वमा भइरहेको अमानवीयता, शोषण, दमनहरूको हुँकार पनि कवितामा आएका छन्।

अराजकताको परिणाम

मनु हिंड्छन् अभ्यन्तरमा नाना सपना सजाई, स्वप्न पूरा गर्न पथ हिंड्छन् कैयौं दृष्टि फिराई, अर्थ पाउने लालसामा फस्छन् कुलतमा मानिस,एउटा गल्ती छोप्न हजारौं गल्ती गर्छ मानिस।

धर्काहरू

प्रिय गणक,तपाईले तान्ने मतांक रेखा कसैको जिन्दगीभरिको निष्ठासहितको राजनैतिक लगानी हुन सक्छ। तपाईले तान्ने गणांक धर्सो कसैको असल राजनैतिक दर्शन र सिद्धान्त सहितको जीवन हुनसक्छ।

शान्तदास मानन्धरलाई ‘साहित्य-सृष्टि बालवाङमय साधना सम्मान’

बालवाङमय तथा अनुसन्धान केन्द्रले ‘साहित्य-सृष्टि बालवाङमय साधना सम्मान-२०७९’ पहिलोपटक नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ।

सुशील नेपाल र भग्नावशेषमाथि टोलाएको परेवा

धेरै वर्ष अमेरिका बसे पनि अमेरिकन बन्न नसकेको नेपाली मन छ। नेपालप्रति अगाध माया छ। यहाँ बिताएका पलपल नयन घुमिरहेको छ। बिदेसिनुको पीडा छोप्न सकिएको छैन। यो पुस्तकले धेरै कुरा बोलेको छ।

एक थान कपडा

मेरो रंगीन हात जहाँको त्यहीं रोकिए। एकछिन घोरिएर भनें, ‘केही छैन तर तपाईले फिंजाइएको रङ देखेर मात्रै मलाई होली आएको थाहा लाग्यो। व्यापारमा कुनै धर्मले सीमाना छुट्याएको रहेनछ। राम्रो लाग्यो।’

अश्रुधारा

थाहा छ नितु, अहिले आएर मेरी स्वास्नी खराब छे भन्दै गाउँ छरछिमेकमा फलाक्दै हिंड्छ रे। मेरो कमाइमा पालिएकी छे भन्छ रे। के मैले यत्तिका वर्ष मेरो पेट मात्र पालिने गरी यसको घरमा केही पनि गरिनँ होला त? म त्यति निमुखा भएर अर्काको गाँसले मात्र बाँचेकी थिएँ त?’

राजेश भट्टराईका पाँच लघुकथा

‘तपाई कस्तो डाक्टर हँ? तिन महिनासम्म औषधि खुवाउनुभो, केही पनि भएन। अर्को डाक्टरले दिएको औषधि एक महिना पनि खाँदा नखाँदै बच्चा बसिहाल्यो। पढेर डाक्टर हुनुभएको कि सर्टिफिकेट किनेर ल्याएर?’

एक मुठी पसीना

बरु सके भने म त्यो एक मुठी पसीना हैन एकेक गाँस पुर्‍याउन अर्गानिक खेती रोज्ने छु जस्लाई सघाउन बजार हैन घरटोल बस्तीहरूमा पुग्नेछु जसरी स्वस्थ पर्यावरण हुर्कन्छ उसको खातिर अब बलिदान हुन तयार रहनुपर्छ।

चुरोटको धुवाँले

दिक्क पार्‍यो हामीलाई चुरोटको धुवाँले,यस्तो कुरो किन खै! बुझ्नु हुन्न बुवाले? भात खाने पैसालाई धुवाँ किन्दै सकाउने, को होला खै! संसारमा धुवाँ खाई अघाउने?

चुकेको बोलीको मूल्य

सत्यवती र ऋषि परासर पुत्र वेदव्यासद्वारा रचित यो ग्रन्थ जया, भारत हुँदै महाभारतका नामले चिनिएको छ। यसमा भएका एक लाख श्लोकमा अटाएको जे जति कथा र विषय छन्, ती सर्वकालिक छन्।

मुलुकका लागि शुभ संकेत

आधारविहीन विभिन्न उपलब्धि तथा स्रोतसाधन र अवसरहरूको अपारदर्शी वितरणप्रति सर्वसाधारणको चासो र चिन्ता बढ्न थालेको वर्तमान अवस्थामा सर्वसाधारणको बढ्दो सचेतनाले उब्जाएका प्रश्नहरूको स्पष्ट जवाफ दिन सम्बन्धित सबैलाई हम्मेहम्मे परेको अवस्था छ

मतपत्रसामु बिलखबन्द मतदाता

सोचिरहेछु, यति धेरै समयपछि हात लागेको यस्तो सुअवसरलाई खेर फाल्नु भनेको जीवनको ठूलो उपलब्धिलाई गुमाउनु हो। त्यसैले त्यो समयको व्यग्र प्रतीक्षामा छु म।

अनवरत अभिभारा

हेर अनुराग, तिमी र म बेस्ट फ्रेन्ड हौं। यसलाई विवाहमै परिणत गर्नुपर्छ भन्ने छैन। मेरा जिम्मेवारी धेरै छन्। मैले धेरै बच्चा सम्हाल्नु छ। मैले मेरा बारेमा मात्रै सोचेर हुँदैन अब। अनुराग! हामी एक अर्कालाई पर्दा ज्यान दिन सक्छौं। त्यसैले आआफ्नो जिम्मेवारीका लागि एउटा नयाँ अटुट सम्बन्ध बाँधौं, कसो?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्