लेन्दे खोलामा १४ महिनाभित्र दुई भीषण बाढी
विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालले सो क्षेत्रको लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी आएको बताए।
विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालले सो क्षेत्रको लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी आएको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
नुवाकोटको त्रिशूली बजारमा बुधबार बिहानसम्म सदाझैँ चहलपहल थियो। बजारवासी आफ्नो नियमित दिनचर्या सुरु गर्दै थिए। व्यापार–व्यवसायमा व्यस्त हुने तयारी हुँदै थियो।
बाढीलगत्तै खटिएको ‘र्यापिड एक्सन टिम’को तीव्र सक्रियताका कारण उद्धार तथा राहत सहजीकरण प्रभावकारी भएको छ।
रसुवामा बुधबार आएको बाढीको प्रमुख कारण नेपाल चीन सीमाबाट करिब २६ किलोमिटर उत्तरतर्फ तिब्बती क्षेत्रमा रहेको हिमताल विस्फोट भएको हुनसक्ने मौसमविद् उज्वल उपाध्यायले अनुमान गरेका छन्।
गएका २९१ जना विदेशी पर्यटकसहित ३८४ जना यात्रु सम्पर्कविहीन छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका सयभन्दा बढी नागरिकको नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ।
विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका काठ, दाउरा, ग्यास तथा अन्य सामग्री संकलन गर्न त्रिशूली नदी किनारमा स्थानीय बासिन्दाले ज्यान नै जोखिममा पार्न थालेका छन्।
नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ।
धादिङबाट रसुवाको गोसाइँकुण्डतर्फ गएको एक यात्रुबाहक बस बेत्रावती पुगेपछि सम्पर्कविहीन भएको भन्दै आफन्त तथा स्थानीयले खोजीका लागि अपिल गरेका छन्।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीमा आज बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सभामुख अर्यालले विपद्का बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिए।
बाढीले विद्यालयको सम्पूर्ण भौतिक संरचना बगाउनुका साथै कतिपय संरचना पुरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए।