१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

रसुवा बाढीमा फसेका ११० नागरिकको हेलिकोप्टरमार्फत उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका सयभन्दा बढी नागरिकको नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११० जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

बाढी प्रभावित अप्ठ्यारा भूभागमा फसेका नागरिकहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरहरू निरन्तर परिचालन गरिएको सरकारले जनाएको छ।

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवनलगायतका तटीय जिल्लाहरूमा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।

कहाँबाट कतिको उद्धार गरियो ?

धुन्चे क्षेत्र : ८५ जना

टिमुरे क्षेत्र : १३ जना

मैलुङ क्षेत्र : ५ जना

बेत्रावती क्षेत्र : ४ जना

त्रिशूली क्षेत्र : ३ जना

प्रकाशित: १० भाद्र २०८३ १७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App