एपिएफ र काभ्रे सेमिफाइनलमा
प्रथम चौतारा साँगाचोकगढी मेयर फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको दिन विभागीय टोली एपिएफ र काभ्रे जिल्ला फुटबल संघ विजयी भएका छन् ।
प्रथम चौतारा साँगाचोकगढी मेयर फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको दिन विभागीय टोली एपिएफ र काभ्रे जिल्ला फुटबल संघ विजयी भएका छन् ।
बी वन–११ लाई ५४ रनले पराजित गर्दै फाइटर्स टिपटप मारवाडी क्रिकेट लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
साकोसका क्षितिज भण्डारी र गोल्डेनगेट कलेजका केशव श्रेष्ठ गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
संकटा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब शनिबार विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
विमल पाण्डेले दोस्रो हाफमा गरेको एउटै गोल निर्णायक बनेपछि राष्ट्रिय लिगको प्रतिद्वन्द्वी झापा ११ लाई निराश पार्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शुक्रबार विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।
सहिद स्मारक ‘ए’ डिभिजनको प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई अन्तिम समयमा स्तब्ध पार्दै रुस्लान थ्री स्टार क्लबले विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
थ्री स्टार क्लब बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। उसले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय टिमलाई १—० ले पाखा लगाउँदै उपाधिको दावेदारी प्रस्तुत गरेको हो।
साबिक विजेता सुनौलो संगम क्लबलाई ५—० को फराकिलो अन्तरले स्तब्ध पार्दै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब शनिबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको पहिलो सेसिफाइनल खेलमा शुक्रबार (आज) थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब बिहीबार बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको एक मात्र पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले पराजित गर्दै थ्री स्टार क्लब बुधबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
उदयपुरको कटारीमा जारी ‘चौथौ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिता ०७४’ मा साहारा क्लब पोखरालाई हराउँदै झापा ११ उपाधिनजिक पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सहारालाई २–० को गोलअन्तरले पराजित गर्दै झापा फाइनलमा पुगेको हो।
झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन।
स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्र्तगत मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पेरिस सेन्ट जर्मेनलाई उसैको मैदानमा २–१ ले पराजित गर्दै रियलले अघिल्लो चरणको यात्रा तय गरेको हो।
नेपाली महिला भलिबलका चिर प्रतिद्वन्द्वी दुई टोली शिवम न्यु डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फेरी एकपटक अर्को एक प्रतियोगिताको फाइनलमा आमने–सामने हुने भएका छन्।