१० मंसिर २०८१ सोमबार
image/svg+xml

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

फर्नाण्डो लोरेन्टको ह्याट्रिकको मद्दतमा तेस्रो डिभिजनको क्लब डिभिरोचडेललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै टोटेनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

हेटौंडा गोल्डकप : फाइनलमा पुलिस र आर्मी भिड्दै

विभागिय टोली नेपाल पुलिस र साबिक विजेता त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकपको फाइनलमा शनिबार (आज) आमने–सामने हुदै उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिदैछन्। फाइनल खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

आर्मी र पश्चिमाञ्चल फाइनलमा

प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितको उपाधिका लागि आयोजक त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र भिड्ने भएका छन्।

हारका बाबजुत आर्सनल युरोपा लिगको प्रि क्वाटरफाइनलमा प्रवेश

इङलिस क्लब आर्सनल युरोपा लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्तर्गत घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा स्विडेनको क्लब अस्टरसन्डसँग २–१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको ३–० को नतिजाले आर्सललाई अर्को चरणमा प्रवेश गरायो।

हेटौंडा गोल्डकप : अन्तिम सेमिफाइनलमा पुलिस र संकटा भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा विहिबार (आज) दोस्रो तथा अन्तिम सेमिफाइलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दै छन्। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

गौरव र अनिश सेमिफाइनलमा

आठौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेका छन्। २१–१९, १८–२१ र २१–१५ को सेटमा देवीनगर क्लबका अनिल थाम्सुहाङ र महेश थापाको जोडीलाई पराजित गर्दै नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठको जोडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

साविक विजेता नेपाल आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा प्रतियोगिताको पहिलो संस्करणको विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो।

हेटौंडा गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र मनाङ भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाइलका खेल सुरु हुदैछ। पहिलो सेमिफाइल खेलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

आर्मी हेटौंडा गोल्डकपको सेमीफाइनलमा

टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा सुदूरपश्चिम ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै साविक विजेता त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ। ट्राईब्रेकरमा ३ का बिरुद्ध ५ गोल गर्दै सुदूरपश्चिमलाई प्रतियोगिताबाट बाहिरि¥याएर आर्मीले आफूलाई सुरक्षित बनाएको हो।

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

भक्तपुरमा जारी अन्तर नगर पुरुष भलिबलमा कैलालीको गोदावरी नगरपालिका टिम फाइनल प्रवेश गरेको छ। शहीद स्मृति मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई ३–२ को सेटले हराउँदै गोदावरीले फाइनल यात्रा तय गरेको हो।

फाइनलमा पुरानै प्रतिद्वन्द्वी

शिवम् न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

पुलिस हेटौंडा गोल्डकपको सेमीफाइनलमा

टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बिजय युथ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ। पुलिसले बिजय युथलाई ३–० फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेश्रो संस्करणको सेमिफाईनलको यात्रा तय गरेको हो।

आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त थ्रिस्टारसँग

त्रिभुवन आर्मी क्लब वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गर्दै रुस्लान नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।

मायांका क्वार्टरफाइनलमा

मायांका राणा बुधबार आफ्नै देशकी इरा मेहेरनिसालाई सोझो सेटमा पराजित गर्दै नेपाल आइटिएफ जुनियर्स यु–१८ टेनिस प्रतियोगिता सर्किट दुईको एकल विधामा क्वार्टरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी बनेकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्