२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पहिलो सेमिफाइनलमा थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्दै

बुटवल – बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको पहिलो सेसिफाइनल खेलमा शुक्रबार (आज) थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ।

खेल दिउँसो ३ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुनेछ।

क्वाटरफाइनलमा हिमालय फुटबल क्लब मलेसियालाई २–१ ले पराजित गर्दै थ्री स्टार र त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंले सेमिफाइनलको यात्रा तय गरेका हुन्।

यसअघि बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पाखा लगाउदै मनाङ मस्र्याङ्दी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मनाङले अब फाइनल प्रवेशका लागि शनिबार सुनौलो संगम बुटवलसँग खेल्नेछ।

गोल्डकपको विजेताले १५ लाख ट्रफी,मेडल र उपविजेताले ७ लाख ५० हजारका साथै ट्रफी,मेडल प्राप्त गर्नेछन्। त्यस्तै सेमिफाइनलमा पुग्ने २ टोलीलाई पनि नगद १–१ लाख पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यही चैत १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागीता रहेको छ।

प्रकाशित: १६ चैत्र २०७४ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App